onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिपिएल हुने मिति परिवर्तन : माघ २६ बाट प्रतियोगिता सुरु हुने

पुस १० , अनलाईन खेलखबर || राजधानी बाहिर को अर्को चर्चित क्रीकेट प्रतियोगिता धनगढी प्रिमियर लिग ( डिपिएल ) को मिति पुर्ब निर्धारित भन्दा केही पर सरेको छ ।

फाईल फोटो

आज मङ्गलबार डिपिएल आयोजक धनगढी क्रीकेट एकेडेमी ले एक प्रेश बिज्ञप्ती जारी गरि माघ १९ देखि फागुन ४ गते सम्म हुन भनिएको डिपिएल अब भने माघ २६ देखि फागुन ११ गते सम्म हुने बताईएको छ ।

आयोजक को अनुसार सो प्रतियोगिता को मिति सार्नु मा जनवरि मा हुने नेपाली र्राष्ट्रिय क्रीकेट टिम को युएई भ्रमण का कारण मिति केही पर सारिएको बताईएको छ ।

एकदिवसिय मान्यता पाए सगैँ यो नेपाल को दोस्रो भ्रमण हो , भ्रमण को बारेमा अहिले थप जानकारी आएको छैन र मिति तय हुन पनि बाकी रहेको छ ।

नेपाल को युएई भ्रमण को मिति मिलाएर डिपिएल को मिति तय गरिएको हो ।

यस्तै डिपिएल को खेलाडी दर्ता को समय र अक्सन को समयावधी पनि परिवर्तन गरिएको छ । यसअघि आज सम्म अन्तिम दिन थियो खेलाडी दर्ता को र अक्सन आउदो १२ गते हुने भनिएको थियो ।

र प्रतियोगिता को मिति सरे सगै दर्ता र अक्सन लाई पनि पछि सारिएको छ । अब पुस १७ गते सम्म खेलाडी ले आफ्नो नाम दर्ता गर्न सक्नेछ्न भने प्रतियोगिता को अक्सन पुस १९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्