विश्व क्रीकेट का सबैभन्दा कान्छा कप्तान : आर्ची चिलर

विश्व क्रीकेट का सबैभन्दा कान्छा कप्तान : आर्ची चिलर

पुस ९ , अनलाईन खेलखबर | अहिले क्रीकेट जगत मा एउटा कुरा ले निकै स्थान पाएको छ , संसार भर यसैको चर्चा भएको छ त्यो हो भारत र अस्टेलिया बिच हुने तेस्रो टेस्ट मा ७ बर्षिय आर्ची चिलर ले अस्टेलिया को कप्तानी गर्ने बिषय मा ।

फोटो – एजेन्सी

सुन्दै अचम्म लाग्यो होला यो कसरी भयो , ठिक हो त , यो कसरी हुन सक्छ भन्ने प्रश्न मन मा उब्जिए होलान , तर यो एकदमै साचो हो । यहि आउदो बुधबार हुने खेल मा ७ बर्षिय आर्ची ले टिम अस्टेलिया को कप्तानी गर्नेछ्न ।

मेलबर्न क्रीकेट मैदान मा हुने खेल मा अस्टेलिया का नियमित रुपमा टिम पाईन सगँ उनले संयुक्त रुपमा कप्तानी गर्नेछ्न । यता भारतिय टोलि को भने बिराट कोहलि ले नै गर्नेछ्न ।

बक्सिङ डे टेस्ट मा कप्तानि गर्न लागेका उनी अहिले सर्बत्र चर्चा मा आएका छ्न , जुन स्वाभाविक पनि हो ।

केही महिना अघि नै अस्टेलिया ले आर्ची लाई टिम मा सामिल गर्ने घोषणा गरेको थियो । उनलाई भारत विरुद्ध को टेस्ट मा टिम मा समाबेश गर्ने भनेर र अहिले त्यो घडी आएको छ यो सगै बिश्व क्रीकेट मा उनी सबैभन्दा कान्छा कप्तान बनेका छ्न ।

यसअघि ऐडिलेड मा भएको पहिलो टेस्ट का क्रम मा उनी अस्टेलिया टिम बाट अभ्यास गरिरहेको देखिएको थियो । तर उनलाई अस्टेलिया ले अक्टूबर मै युएई मा भएको पाकिस्तान विरुद्ध को सिरिज मा खेलाउने सोच बनाएको थियो ।

टिम का मुख्य प्रशिक्षक ले उनलाई सो कुरा फोन बाट जानकारी गराएका थिए । जवाफ मा चिलर ले आफ्नो ईक्छा बिराट कोहली लाई आउट गर्ने र टिम को कप्तानी गर्ने रहेको जानकारी गराएका थिए ।

उनको यो कुरा सुनेर टिम निकै प्रभावित भएपछी लेग स्पिनर चिलर लाई यो मौका दिईएको हो ।

क्रीकेट भनेपछी हुरुक्कै हुने चिलर को जिवन भने निकै कष्टकर हुँदै आएको छ । सात बर्ष का उनि मुटु रोगबाट पिडित हुन पुगे । र सल्यक्रिया समेत गरिसकेका छ्न ।

केही समय अगाडि उनका पिता ले उनलाई उनको सपना बारे सोधेका थिए । त्यस बेला उनले आफ्नो पिता लाई अस्टेलिया टिम को कप्तानि गर्ने रहेको बताए सगैँ उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछी र टिम ले आर्ची स्वयम लाई सोध्दा पनि उनले सोही कुरा बताए पछि भारत विरुद्ध को टेस्ट मा उनलाई सयुक्त रुपमा कप्तानी को जिम्मा दिन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *