दाङ क्रीकेट संघ का अध्यक्ष प्रदिप मजगैया नेपाल जेसिस बाट सम्मानित
पुस ८ , अनलाईन खेलखबर || जनकपुर मा जारी नेपाल जेसिस को ४५ औं महाधिबेशन बाट खेलकुद बिकास बिधा मा उल्लेखनीय योगदान पुर्याएको भन्दै दाङ क्रीकेट संघ का अध्यक्ष प्रदिप मजगैया नेपाल जेसिस बाट सम्मानित भएका छ्न ।
उनलाई नेपाल जेसिस बर्ष २०१८ को उत्कृष्ट युवा छ्नोट समिती द्रारा नगद तथा स्वर्ण पदक सहित उत्कृष्ट पुरस्कार बाट पूर्वराष्ट्रपति डा. रामवरण यादव को हात बाट सम्मानित गरिएको हो ।
मजगैया बिगत लामो समय देखि दाङ क्रीकेट मा सक्रिय हुँदै आउनु भएको छ , उनी संघ मा आए पछि ओरालि लाग्दै गरेलो दाङ क्रीकेट को अबस्था लाई माथी उक्कान लागि परेका छ्न । अहिले दाङ मा क्रीकेट का गतिविधि बाक्लो हुँदै आएको छ । बर्ष मा राम्रो राम्रो क्रीकेट प्रतियोगिता हुन थालेका छ्न ।
जसको प्रतिफल पनि देखिन थालेका छ्न महिला र पुरुष क्रीकेट मा दाङ ले आफ्नो सम्भावना प्रबल रहेको पुष्ठि गरिसकेको छ ।स्थानिय खेलाडी हरु लाई अभिभावकत्व को राम्रो भुमिका दाङ क्रीकेट संघ ले अहिले निभाई रहेको छ ।
सिमित स्रोत , आर्थिक कठिनाई लगायत अनेक कठिनाई का बाबुजुत मजगैया ले दाङ क्रीकेट मा गर्नुभएको योगदान अतुलनीय रहेको छ । सोही कुरा लाई मध्य नजर गर्दै गैरनाफामुखी युवा हरु को नेतृत्व तथा ब्यक्तित्व बिकाश र ब्याबसाहिक सीप बिकाश मा सहयोग गर्ने संस्था नेपाल जेसिस ले उनलाई उत्कृष्ट युवा बर्ष बाट सम्मानित गरेको हो ।