onlinekhelkhabar.com

Complete website for Nepali Sports News

यस्तो रहयो ईपिएल को फाईनल खेल ( फोटोफिचर )

पुस ७ , अनलाईन खेलखबर || त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज सम्पन्न नेपाल को घरेलु क्रीकेट को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को उपाधि ललितपुर प्याट्रीयट्सले उचालेको छ ।

आज भएको फाईनल खेल मा भैरहवा ग्ल्याडीयटर्स लाई १४ रनले पराजित गर्दै ललितपुर प्रतियोगिता को च्याम्पियन बनेको हो ।

प्रतियोगिता को आज भएको फाईनल खेल माट्स हारेर ललितपुर ले पहिले ब्याटिङ गरेको थियो । १९.१ ओवर मा अलआउट हुन पुगेको ललितपुर ले १ सय ५५ रन बनाएको थियो ।

यसपछि ललितपुर ले दिएको १ सय ५६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी गरेको भैरहवा ले निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेट गुमाएर १ सय ४१ रन मा समेटिए पछि टिम निराश हुन पुग्यो ।

च्याम्पियन बनेको ललितपुर ले नगद २५ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बनेको भैरहवा ले नगद १० लाख प्राप्त गरेको छ ।

ईपीएल मा म्यान अफ द सिरीज भैरहवा ग्ल्याडीयटर्सका ब्याट्सम्यान रविइन्दर सिंह चुनिए उनले टिभिएस को मोटरसाइकल प्राप्त गरे ।

अब हेर्नुहोस , फाईनल खेल का केही तस्बिर हरु

प्रतिक्रिया दिनुहोस्