ललितपुर ले उचाल्यो ईपिएल को उपाधी
पुस ७ अनलाईन खेल खबर ।। त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज सम्पन्न नेपाली घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को उपाधि ललितपुर प्याट्रियट्स ले उचालेको छ ।
आज भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स बीच भएको फाईनल खेल मा ललितपुर ले भैरहवा लाई १४ रनले पराजित गर्दै प्रतियोगिता को च्याम्पियन बनेको हो ।
हजारौ दर्शक को उपस्थित्ति मा भएको फाइनल खेल मा ललितपुर् ले दिएको १ सय ५६ रनको बिजयी लक्ष्य भैरहवा पछ्याउने क्रममा निर्धारित २० ओवर मा ९ बिकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो र रोमाञ्चक खेल मा ललितपुर् ले बाजी पार्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।
रोमाञ्चक बनेको फाईनल खेल मा भैरहवा का ब्याट्सम्यान रायन टेन , प्रदिप एरि र आरिफ शेख ले क्रमश १४ , ३४ ,१२ रन बनाए ।
यसपछि भारतिय रबि ईन्दर सिँह ले टिम को स्कोर बढाउने क्रम मा महत्त्वपूर्ण २९ रनको पारी खेले । यस्तै कप्तान शरद भेशवाकर ले १४ रन र मोहम्मद नाबेद ले १० रन बनाए ।
बलिग तर्फ ललितपुर् का लागि ललित राज बम्शी ले सर्बाधिक ३ बिकेट तथा योगेन्द्र सिह कार्की र पवन सराफ ले पनि समान २/२ बिकेट लिए ।
यस अघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा भैरहवा ले टस जितेर पहिले फिल्दिंग गर्ने निर्णय गरेको थियो । टस हारेर सुरुवाती ब्याटिंग गरेको ललितपुर् ले १९. १ ओ वर मा अलआउट हुदै १ सय ५५ रन बनाएको थियो ।
सुरुवात देखि नै धेरै राम्रो सुरुवात गरेको ललितपुर् ले पहिलो बिकेट का रुपमा गौरभ तोमर लाई टिम को स्कोर ४१ रन हुदा गुमाएको थियो । ओप नर गौरभ ले २३ रन को पारि खेले । यस्तै टिम ले दोस्रो बिकेट का रुपमा कप्तान ज्ञानेन्द्र मल्ल लाई व्यक्तिगत १० रंन मा गुमायो । पवन सराफ भने आज सस्तै ५ रन मा पभेलियन फर्किए ।
यसपछि भने भैरहवा का लागि सन्दिप जोरा ले ईनिग लाई केहि उकास्ने क्रममा २४ रनको पारि खेले उनि भुवन कार्की को बल मा क्याच आउट हुन् पुगे । यस्तै ललितपुर का लागि ओपनर जय किशन ले स्रबाधिक ५७ रनको पारि खेले ।
बलिग तर्फ भैरहवा का किस्न कार्की ले सर्बाधिक ३ बिकेट लिए भने रायन टेन र मोहम्मद नाबेद ले पनि समान २/२ बिकेट लिए यस्तै शरद भेशवाकर र भुवन कार्की ले पनि १/१ विकेट लिन सफल भए ।
च्याम्पियन ललितपुर् ले २५ लाख नगद प्राप्त गरेको छ । यस्तै उप बिजेता भैरहवा ले १० लाख नगद मा चित्त बुझायो ।