ललितपुर र भैरहवा बिच भोलि फाईनल भिडन्त : को बन्ला ईपिएल को  तेस्रो संस्करण बिजेता

ललितपुर र भैरहवा बिच भोलि फाईनल भिडन्त : को बन्ला ईपिएल को तेस्रो संस्करण बिजेता

पुस ६ , अनलाईन खेलखबर || नेपाली घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को फाईनल खेल भोलि सनिवार हुदैछ ।

तेस्रो संस्करण को ईपिएल मा अघिल्लो संस्करण को उपबिजेता शरद भेषावकर को भैरहवा ग्लाडियटर्स ले ज्ञानेन्द्र मल्ल को कप्तानी मा रहेको ललितपुर प्याट्रियट्स को सामना गर्नेछ ।

खेल दिउँसो साढे १२ बजेपछी हुने भएपनि त्यस अघि अहिले सम्म को जानकारि अनुसार केही मनोरञ्जनात्मक प्रस्तुत रहने बताईएको छ ।

प्रतियोगिता को उद्घाटन मा पनि त्यो कुरा लाई ख्याल गरि केही नेवारी सास्कृतिक शैली झल्किने प्रस्तुती भएको थियो र नेपाली चर्चित गायक दिपक ब्रजाचार्य ले आफ्ना चर्चित गित बाट दर्शकहरु लाई मनोरंजन प्रदान गरेका थिए ।

यस्तै भोलि पनि आयोजक का अनुसार मनोरंजन का लागि राम्रो तयारी भएको बताईएको छ , जसमा भ्वाईस अफ नेपाल का गायक तथा गायिका हरु ले आफ्नो प्रस्तुती दिने तय भएको छ । यसका साथै अन्य बिबिध कुरा रहेको बताईएको छ ।

कुल ६ टिम सहभागिता रहेको प्रतियोगिता बाट लिग र प्ले अफ पार गर्दै ललितपुर र भैरहवा फाईनल पुगेका छ्न ।

लिग मा खेलेका ५ खेल मा ललितपुर ४ खेल मा जित र १ मा हार ब्यहोर्दै अंकतालिका मा पहिलो स्थान हासिल गर्दै प्रतियोगिता को पहिलो क्वालिफायर मा काठमाडौ किग्स ईलाभेन लाई रोमाञ्चक खेल मा १ बिकेट ले पराजित गर्दै फाईनल प्रबेश गरेको हो ।

यता भैरहवा को भने फाईनल सम्म को यात्रा केही लामो हुन पुगे लिग चरण बाट ३ खेल मा जित र २ मा हार ब्यहोर्दै अंकतालिका मा ६ अंकसहित तेस्रो स्थान हासिल गर्दै एलिमिनेटर हुँदै दोस्रो क्वालिफायर बाट फाईनल पुगेको हो ।

प्रतियोगिता को प्राबधान अनुसार प्रत्यक टिम ले लिग मा ५ खेल खेलेपछी अंकतालिका मा पहिलो र दोस्रो स्थान मा हुने ले पहिलो क्वालिफायर खेल्न पाउने ब्यबस्था थियो र सोही बमोजिम पहिलो स्थान को ललितपुर र दोस्रो स्थान मा रहेको काठमाडौ भिडेका थिए । उक्त खेल मा ललितपुर ले जित निकालेपछि ललितपुर स्वंत फाईनल पुगेको हो ।

यता भैरहवा ले एलिमिनेटर र दोस्रो क्वालिफायर पार गर्दै फाईनल यात्रा तय गर्यो । एलिमिनेटर अर्थात अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहेका टिम बिच दोस्रो क्वालिफायर पुग्ने लडाई मा भैरहवा ले चितवन लाई ४ बिकेट ले पराजित गरेको थियो ।

यसपछि दोस्रो क्वालिफायर मा पहिलो क्वालिफायर को पराजित टिम काठमाडौ लाई ६ बिकेट ले पराजित गरेपछी भैरहवा ले ललितपुर सगँ फाईनल मा भेट पक्का गरेको हो ।

दुई फाईनालिस्ट ललितपुर र भैरहवा बिच लिग चरण मा भेट हुँदा भैरहवा ले ललितपुर विरुद्ध कमजोर प्रदशन गरेको थियो । भैरहवा ललितपुर सगँ ६ बिकेट् ले पराजित हुन पुगेको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गरेको भैरहवा ले १९ ओवर मा अलआउट हुँदै मात्र ९३ रन बनाउन सफल भएको थियो । र सामान्य ९४ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ललितपुर ले उक्त लक्ष्य १४.२ ओवर मा मात्र ४ बिकेट गुमाएर भेटाएको थियो ।

यो महत्त्वपूर्ण खेल जित्दै ललितपुर ले अंकतालिका मा पहिलो स्थान प्राप्त गर्दै पहिलो क्वालिफायर खेलेको थियो भने भैरहवा दोस्रो बाट तेस्रो स्थान मा पुग्दै एलिमिनेटर खेल्नु परेको थियो ।

अहिले सम्म को दुबै टिम प्रदशन नियाल्दा दुबै टिम निकै ससक्त देखिएका छ , खेल जता पनि जान सक्छ खेल रोमाञ्चक पक्कै हुने मा बिश्वास गरिएको छ्न ।

प्रतियोगिता को उपाधी उचाल्ने टिम ले नगद २५ लाख उचाल्ने छ भने उपबिजेता ले १० लाख पाउने छ । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *