बिग ब्यास को डेब्यु खेल मै चम्किए सन्दिप : सन्दिप को सनसनिपुर्ण बलिङ्ग

बिग ब्यास को डेब्यु खेल मै चम्किए सन्दिप : सन्दिप को सनसनिपुर्ण बलिङ्ग

पुस ६ , अनलाईन खेलखबर || अस्टेलिया को उच्च लिग बिग ब्यास को डेब्यु खेल मै नेपाल का युवा स्टार खेलाडी सन्दिप लामिछाने ले उत्कृष्ट बलिग गरेका छन ।।

सन्दिप आबद्द मेलबर्न स्टार्स को बिग ब्यास अन्तर्गत आज सिड्नी थन्डर सगँको खेल मा एसोसियट बाट पहिलो प्रतिनिधित्व गरेका सन्दिप ले शानदार बलिग गरे ।

उनले टिमका लागि ४ ओवर बलिग गर्दै ३६ रन खर्चिएर महत्त्वपूर्ण २ बिकेट लिन सफल भए ।

आफ्नो पहिलो ओवर र टिम को आठौ ओवर मा बलिग गर्न आएका सन्दिप ले ओवर को दोस्रो बल मै सेन वाट्सन लाई पभेलियन फर्काईदिएका थिए । उनी २२ रन बनाएर सन्दिप को बल मा आउट हुन पुगे यसपछि सोहि ओवर को अन्तिम बल मा कलुम फर्गुसनलाई पनि सन्दिप ले आउट गराए । उनले १५ रन मात्र बनाए ।

यसपछि सन्दिप ले दश औ , बार्ह र चौध औं ओवर मा बलिग गरे , आफ्नो पहिलो ओवर मा २ बिकेट लिएका सन्दिप यसपछि भने बिकेट बिहिन रहेपनि किफायती बलिग भने गरे ।

आज सन्दिप् को टिम मेलबर्न ले ट्स जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सिड्नी थन्डर लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गरेको सिड्नी थन्डर ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ८१ रन बनायो ।

सिडनि का लागि ज्यासन साङघा ले अबिजित सर्बाधिक ६३ रनको पारी खेले यस्तै जोस बटलर ले २० सेन वाटसन ले २२ रन बनाए भने जोई रुट ले १८ तथा ड्यानियल स्याम्स ले ३४ रनको पारी खेले ।

बलिग तर्फ मेलबर्न का लागि सन्दिप र एडाम ज्याम्पा ले समान २/२ बिकेट लिए भने ड्यान ब्राबो ले १ बिकेट लिए ।

अब मेलबर्न ले १ सय ८२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्नेछ ।

सन्दिप लाई मेलबर्न स्टार्स केही महिना अगाडि करिव ५० हजार डलर भन्दा माथी मा अनुबन्धित गरेको थियो । मेलबर्न स्टार्स को कप्तानी अस्टेलियन चर्चित खेलाडी ग्लेन म्याक्सवेल गरिरहेका छ्न ।

सन्दिप को बलिग कार्ड

८ औ ओवर : १ , बिकेट , १ , ० , १ , बिकेट
१० औ ओवर : १,०,०, १,४,०
१२ औ ओवर : १,१,२,२,१,६
१४ औ ओवर : ६,०,६,०,१,१

Leave a Reply

Your email address will not be published. Required fields are marked *