onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाण्डौ माथि भैरहवा को शानदार जित : अब ईपिएल फाईनल मा भैरहवा र ललितपुर भिडने

पुस ५ ,अनलाईन खेलखबर ।। काठमाण्डौ लाई ६ विकेट ले पराजित गर्दै भैरहवा ग्ल्याडीएटर्स जारि टिभिएस एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को फाईनल प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वालिफायर मा काठमाण्डौ ले दिएको १ सय १ रनको बिजयी लक्ष्य भैरहवा ले १७ ओवर मा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य भेटायो । भैरहवा का लागि ओपनर प्रदिप एरि लाई सस्तै मा गुमाएको भएपनि बाकि ब्याट्सम्यान ले राम्रो ब्याटिंग गरेपछि भैंरहवा ले काठमाण्डौ माथि सहज जित निकाल्यो । प्रदिप एरि ले ३ रन बनाए । यस्तै टिम ले दोस्रो विकेट का रुपमा आरिफ शेख लाई ५ रनमा गुमायो उनि संम्साद शेख को बल मा एल्बिडब्लु को सिकार हुन् पुगे ।

यसपछि भैरहवा का लागि रायन टेन र रबि ईन्दर सिह ले राम्रो साझेदारी गरे । यी दुई बीच तेस्रो विकेट का लागि ४२ रनको साझेदारी हुन् पुगेको थियो । टिम ले तेस्रो बिकेट का रुपमा रायन टेन लाई व्यक्तिगत ४५ रनमा गुमायो उनि प्रदिप साहु को बल मा क्याच आउट हुन् पुगेका थिए । यस्तै रबि ईन्दर सिह ले ३१ रन बनाए र अन्तिम मा कप्तान शरद भेषवाकर र रोहित पौडेल अविजित रहे शरद ६ रन र रोहित ले ९ रन बनाए ।

बलिग तर्फ काठमाण्डौ का लागि सम्शाद शेख ले २ विकेट लिए भने प्रदिप साहु ले १ बिकेट लिए ।

यस अघि आज त्रिवि अन्तर्रराष्टीय क्रीकेट मैदान किर्तिपुर मा टस जितेर भैरहवा ले पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गरेको थियो । टस हारेर पहिले ब्याटिङ्ग गरेको काठमाण्डौ ले निर्धारित २० ओवर पुरै खेल्दै सबै बिकेट गुमाएर १ सय रन बनाएउन सफल भयो ।

मध्यम सुरुवात गरेको काठमाण्डौ ले पहिलो बिकेट का लागि टिमको स्कोर २४ रन हुदा ओपनर तथा टिम कप्तान रोहन मुस्तफा लाई गुमायो । उनले मात्र ६ रन बनाए उनि शरद भेषवाकर को बल मा पभेलियन फर्किएका थिए । यसपछी काठमाण्डौ ले १३
रन थप्दा महत्वपूर्ण ३ बिकेट लगातार गुमायो । दोस्रो बिकेट का रुपमा नरेश बुढाएर २ रन केभिन ओ ब्राईन सुन्य रन मा र चौथो विकेट का रुपमा अमित श्रेष्ठ लाई १३ रन मा गुमाएको थियो ।

यसपछि भने काठमाण्डौ का लागि प्रदिप साहु ले २५ रन को योगदान गरे उनि अभिनाश बोहरा को बलमा रायन टेन को हात बाट क्याच आउट हुन् पुगे । यसपछि भने ईपिएल मा डेब्यु गरेका युवा खेलाडि सन्दिप रजाईलि र सोमपाल कामि ले ईनिग लाई अगाडि बढाएका थिए । सोमपाल ७ रन मा आउट हुन् पुगे भने रसाईली ले २७ रनको योगदान टिम लाई गरे ।

बलिग तर्फ भैरहवा का लागि कुशाल मल्ल ले सर्बाधिक ३ बिकेट लिए भने भने कप्तान शरद भेषवाकर , अभिनाश बोहरा र मोहम्मद नाबेद ले समान १/१ बिकेट लिए ।

यो जित सगै भैरहवा पनि प्रतियोगिता को फाईनल पुगेको छ । अब भैरहवा ले फाईनल मा आउदो सनिवार ललितपुर सग प्रतिस्पर्धा गर्नेछ ।

कुल ६ टिम को सहभागिता रहेको ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्