ईपिएल को दोस्रो क्वालिफायर खेल जारी : सुरुमा ब्याटिङ्ग गरेको काठमाडौँ ले १ सय रन बनायो
पुस ५ अनलाईन खेल खबर ।। टिभिएस एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को आज दोस्रो क्वालिफायर मा अहिले भैरहवा ग्ल्याडीएटर्स र काठमाडौ किग्स ईलाभेन प्रतिस्पर्धा गरिरहेका छन् ।
आज त्रिवि अन्तर्रराष्टीय क्रीकेट मैदान किर्तिपुर मा टस जितेर भैरहवा ले पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गरेको थियो । टस हारेर पहिले ब्याटिङ्ग गरेको काठमाण्डौ ले निर्धारित २० ओवर पुरै खेल्दै सबै बिकेट गुमाएर १ सय रन बनाएको छ ।
मध्यम सुरुवात गरेको काठमाण्डौ ले पहिलो बिकेट का लागि टिमको स्कोर २४ रन हुदा ओपनर तथा टिम कप्तान रोहन मुस्तफा लाई गुमायो । उनले मात्र ६ रन बनाए उनि शरद भेषवाकर को बल मा पभेलियन फर्किएका थिए । यसपछी काठमाण्डौ ले १३
रन थप्दा महत्वपूर्ण ३ बिकेट लगातार गुमायो । दोस्रो बिकेट का रुपमा नरेश बुढाएर २ रन केभिन ओ ब्राईन सुन्य रन मा र चौथो विकेट का रुपमा अमित श्रेष्ठ लाई १३ रन मा गुमाएको थियो ।
यसपछि भने काठमाण्डौ का लागि प्रदिप साहु ले २५ रन को योगदान गरे उनि अभिनाश बोहरा को बलमा रायन टेन को हात बाट क्याच आउट हुन् पुगे । यसपछि भने ईपिएल मा डेब्यु गरेका युवा खेलाडि सन्दिप रजाईलि र सोमपाल कामि ले ईनिग लाई अगाडि बढाएका थिए । सोमपाल ७ रन मा आउट हुन् पुगे भने रसाईली ले २७ रनको योगदान टिम लाई गरे ।
बलिग तर्फ भैरहवा का लागि कुशाल मल्ल ले सर्बाधिक ३ बिकेट लिए भने भने कप्तान शरद भेषवाकर , अभिनाश बोहरा र मोहम्मद नाबेद ले समान १/१ बिकेट लिए ।
अब काठमाण्डौ ले दिएको १ सय १ रनको बिजयी लक्क्ष पछ्याउदै भैरहवा ले जवाफी ब्याटिङ्ग गर्नेछ ।
आज को बिजेता टोलि ले सनिवार हुने प्रतियोगिता को फाईनल मा ललितपुर सगँ प्रतिस्पर्धा गर्नेछ ।
लिग चरण मा खेलेका ५ खेल मध्य काठमाडौ ले ४ खेल मा जित १ मा हार ब्यहोर्दै अंकतालिका मा दोस्रो हुँदै ललितपुर सगँ पहिलो क्वालिफायर खेलेको थियो । ललितपुर सगँ को खेल मा १ बिकेट ले पराजित भएको थियो ।
प्रतियोगिता को नियम अनुसार पहिलो क्वालिफायर को बिजेता टिम स्वंत फाईनल पुग्ने र पराजित टोलि लाई एक अर्को मौका स्वरुप एलिमिनेटर को बिजेता सगँ दोस्रो क्वालिफायर मा खेल्ने पाउने प्राबधान अनुसार काठमाडौ ले आज भैरहवा को सामना गर्दैछ ।
यस्तै भैरहवा ले लिग चरण मा खेलेका ५ मध्य ३ मा जित २ मा हार ब्यहोर्दै अंकतालिका मा तेस्रो स्थान हासिल गर्दै एलिमिनेटर को यात्रा तय गरेको थियो , बुधवार भएको ईलिमिनेटर खेल मा चितवन टाईगर्स लाई ४ बिकेट ले पराजित गर्दै भैरहवा ले पनि दोस्रो क्वालिफायर पक्का गरेको हो ।
लिग चरण मा भएको भेट मा काठमाडौ भैरहवा माथी हावि हुँदै काठमाडौ ले भैरहवा लाई सह्ज ७ बिकेट ले पराजित गरेको थियो । यस्तो मा भैरहवा महत्त्वपूर्ण खेल मा बदला लिदै फाईनल पुग्न चाह्नन्छ भने काठमाडौ ले आफ्नो लय फर्काउदै फाईनल पुग्न चाहन्छ । खेल लाई नियाल्दा यो खेल निकै टक्कर हुने बिश्वास गरिएको छ ।
कुल ६ टिम को सहभागिता रहेको ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।