ईपिएल दोस्रो क्वालिफायर : सुरुमा काठमाडौ ले ब्याटिङ गर्दै

ईपिएल दोस्रो क्वालिफायर : सुरुमा काठमाडौ ले ब्याटिङ गर्दै

पुस ५ , अनलाईन खेलखबर || टिभिएस एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को आज दोस्रो क्वालिफायर मा अहिले भैरहवा ग्ल्याडीएटर्स र काठमाडौ किग्स ईलाभेन बिचको खेल सुरु भएको छ ।

दोस्रो क्वालिफायर मा अहिले पहिलो क्वालिफायर मा पराजित भएको काठमाडौ किग्स ईलाभेन ले एलिमिनेटर को बिजेता भैरहवा ग्ल्याडीएटर्स को सामना गरिरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा आज ट्स जितेर भैरहवा ले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । अब ट्स हारेर काठमाडौ ले पहिले ब्याटिङ गर्नेछ ।

लिग चरण मा खेलेका ५ खेल मध्य काठमाडौ ले ४ खेल मा जित १ मा हार ब्यहोर्दै अंकतालिका मा दोस्रो हुँदै ललितपुर सगँ पहिलो क्वालिफायर खेलेको थियो । ललितपुर सगँ को खेल मा १ बिकेट ले पराजित भएको थियो ।

प्रतियोगिता को नियम अनुसार पहिलो क्वालिफायर को बिजेता टिम स्वंत फाईनल पुग्ने र पराजित टोलि लाई एक अर्को मौका स्वरुप एलिमिनेटर को बिजेता सगँ दोस्रो क्वालिफायर मा खेल्ने पाउने प्राबधान अनुसार काठमाडौ ले आज भैरहवा को सामना गर्दैछ ।

यस्तै भैरहवा ले लिग चरण मा खेलेका ५ मध्य ३ मा जित २ मा हार ब्यहोर्दै अंकतालिका मा तेस्रो स्थान हासिल गर्दै एलिमिनेटर को यात्रा तय गरेको थियो , बुधवार भएको ईलिमिनेटर खेल मा चितवन टाईगर्स लाई ४ बिकेट ले पराजित गर्दै भैरहवा ले पनि दोस्रो क्वालिफायर पक्का गरेको हो ।

लिग चरण मा भएको भेट मा काठमाडौ भैरहवा माथी हावि हुँदै काठमाडौ ले भैरहवा लाई सह्ज ७ बिकेट ले पराजित गरेको थियो । यस्तो मा भैरहवा महत्त्वपूर्ण खेल मा बदला लिदै फाईनल पुग्न चाह्नन्छ भने काठमाडौ ले आफ्नो लय फर्काउदै फाईनल पुग्न चाहन्छ । खेल लाई नियाल्दा यो खेल निकै टक्कर हुने बिश्वास गरिएको छ ।

आज को बिजेता टोलि ले सनिवार हुने प्रतियोगिता को फाईनल मा ललितपुर सगँ प्रतिस्पर्धा गर्नेछ ।

कुल ६ टिम को सहभागिता रहेको ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *