ईपिएल को दोस्रो क्वालिफायर मा भोलि भैरहवा र काठमाडौ भिडने
पुस ४ , अनलाईन खेलखबर || ईपिएल अन्तर्गत आज भएको ईलिमिनेटर खेल मा भैरहवा ग्ल्याडीएटर्स द्रारा चितवन ४ बिकेट ले पराजित भएको छ ।
यो जित सगैँ भैरहवा भोलि बिहिवार हुने दोस्रो क्वालिफायर का लागि छ्नोट भएको छ । पराजित चितवन प्रतियोगिता बाटै बाहिएको छ ।
पहिलो क्वालिफायर को पराजित काठमाडौ सगँ भैरहवा ले क्वालिफायर खेल्नेछ । यहाँ बाट बिजयी टोलि ले ललितपुर सगँ फाईनल मा प्रतिस्पर्धा गर्नेछ ।
आज चितवन ले दिएको १ सय ४० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको भैरहवा ले उक्त लक्ष्य १८.२ ओवर मा ६ बिकेट गुमाएर भेटायो ।
भैरहवा का लागि ओपनर प्रदिप एरि ले सर्बाधिक ४२ रनको पारी खेले यस्तै अर्का ओपनर मोहम्मद नाबेद भने आज सस्तै मा आउट हुन पुगे । पहिलो बिकेट का रुपमा पभेलियन फर्किएका नाबेद ले मात्र ४ रन बनाए । यसपछि रबि ईन्दर सिँह ले ४ रन ,र कप्तान भेषावकर ले २९ रनको योगदान टिम लाई दिए ।।
यस्तै भैरहवा लाई महत्त्वपूर्ण खेल मा जित दिलाउन युवा खेलाडि रोहित पौडेल र कुशाल मल्ल ले अन्तिम तिर उत्कृष्ट ब्याटिङ गर्दा भैरहवा ले चितवन माथी जित निकाल्यो । रोहित २४ रन मा अबिजित रहदा कुशल पनि २७ रन मा अबिजित रहे ।
बलिग तर्फ चितवन का लागि कमल सिँह एरि ले ३ बिकेट लिए । दीपेन्द्र सिँह एरि र ललित भन्डारी ले पनि १/१ बिकेट लिए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज ट्स जितेर भैरहवा ले चितवन लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो ।
ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रम मा चितवन टाईगर्स ले निर्धारण २० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
चितवन का लागि खराव सुरुवात गर्ने क्रममा ओपनर सन्दिप सुनार लाई पहिलो बिकेट का लागि ४ रन मा गुमाएको थियो । सन्दिप लाई गुमाएको २ बलपछि अर्का ओपनर आयरल्यान्ड का पाहुल स्टलिङ लाई ब्यक्तिगत १४ रनमा गुमायो । उनी मोहम्मद नाबेद को बल मा आउट हुन पुगे ।
यसपछि लगत्तै कप्तान पृथु बास्कोटा लाई पनि टिम ले सस्तै मा गुमाउदा टिम केही दबाब मा आएको थियो । उनी बिना खाता खोलि मोहम्मद नाबेद कै बल मा पभेलियन फर्किए ।
चितवन ले २४ रन बनाउदा आफ्ना महत्त्वपूर्ण ३ ब्याट्सम्यान लाई गुमाएको थियो । यसपछि ईङ्ल्यान्ड का जोन सिमसन ले १४ रनको पारी खेले ।
चितवन का लागि अन्तिम तिर दीपेन्द्र सिँह एरि ले आक्रमक ब्याटिङ गर्ने क्रममा अर्धसतकिय ५६ रनको पारी खेलेपछी चितवन सम्मानजनक स्कोर तर्फ अग्रसर भएको थियो । ४५ बल को सामना गरेका उनले ६ चौका र १ छ्क्का प्रहार गरे उनी पनि मोहम्मद नाबेद को बल मा आउट हुन पुगे । यस्तै कमल सिँह एरि ले १३ रन बनाए ।
बलिग तर्फ भैरहवा का लागि मोहम्मद नाबेद ले सर्बाधिक ३ बिकेट लिए भने अभिनास बोहरा ले २ बिकेट लिए । साथै कृष्ण कार्की , रायन टेन र भुवन कार्की ले समान १/१ बिकेट लिए ।
कुल ६ टिम को सहभागिता रहको ईपिएल को फाईनल आउदो पुस ७ गते सनिवार का दिन हुनेछ ।
ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।