दीपेन्द्र चम्किदा चितवन ले दियो भैरहवा लाई सम्मानजनक चुनौती

दीपेन्द्र चम्किदा चितवन ले दियो भैरहवा लाई सम्मानजनक चुनौती

पुस ४ , अनलाईन खेलखबर || ईपिएल अन्तर्गत आज ईलिमिनेटर अर्थात दोस्रो क्वालिफायर को प्रबेशद्रार को खेल मा अहिले शरद भेषावकर को टिम भैरहवा ग्ल्याडीएटर्सर पृथु बास्कोटा को चितवन टाईगर्स बिच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज ट्स जितेर भैरहवा ले चितवन लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रम मा चितवन टाईगर्स ले निर्धारण २० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर १ सय ३९ रन बनाएको छ ।

चितवन का लागि खराव सुरुवात गर्ने क्रममा ओपनर सन्दिप सुनार लाई पहिलो बिकेट का लागि ४ रन मा गुमाएको थियो । सन्दिप लाई गुमाएको २ बलपछि अर्का ओपनर आयरल्यान्ड का पाहुल स्टलिङ लाई ब्यक्तिगत १४ रनमा गुमायो । उनी मोहम्मद नाबेद को बल मा आउट हुन पुगे ।

यसपछि लगत्तै कप्तान पृथु बास्कोटा लाई पनि टिम ले सस्तै मा गुमाउदा टिम केही दबाब मा आएको थियो । उनी बिना खाता खोलि मोहम्मद नाबेद कै बल मा पभेलियन फर्किए ।

चितवन ले २४ रन बनाउदा आफ्ना महत्त्वपूर्ण ३ ब्याट्सम्यान लाई गुमाएको थियो । यसपछि ईङ्ल्यान्ड का जोन सिमसन ले १४ रनको पारी खेले ।

चितवन का लागि अन्तिम तिर दीपेन्द्र सिँह एरि ले आक्रमक ब्याटिङ गर्ने क्रममा अर्धसतकिय ५६ रनको पारी खेलेपछी चितवन सम्मानजनक स्कोर तर्फ अग्रसर भएको थियो । ४५ बल को सामना गरेका उनले ६ चौका र १ छ्क्का प्रहार गरे उनी पनि मोहम्मद नाबेद को बल मा आउट हुन पुगे । यस्तै कमल सिँह एरि ले १३ रन बनाए ।

बलिग तर्फ भैरहवा का लागि मोहम्मद नाबेद ले सर्बाधिक ३ बिकेट लिए भने अभिनास बोहरा ले २ बिकेट लिए । साथै कृष्ण कार्की , रायन टेन र भुवन कार्की ले समान १/१ बिकेट लिए ।

अब भैरहवा ले चितवन ले दिएको १ सय ४० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिने छ ।

आज को खेल जसले जित्नेछ । सोही टिम भोलि बिहिवार हुने दोस्रो क्वालिफायर खेल्नेछ ।

दोस्रो क्वालिफायर मा पहिलो क्वालिफायर मा ललितपुर सगँ रोमाञ्चक खेल मा १ बिकेट ले पराजित हुन पुगेको काठमाडौ किग्स ईलाभेन सगँ खेल्नेपर्नेछ ।

बिजयी टोलि ले प्रतियोगिता को फाईनल मा ललितपुर को सामना गर्नेछ । आजको खेल मा पराजित टोलि स्वंत प्रतियोगिता बाट बाहिरिने छ ।

लिग चरण मा खेलेका ५ खेल मा भैरहवा ले ३ मा जित र २ मा हार ब्यहोर्दै अंकतालिका मा ६ अंकसहित तेस्रो स्थान हासिल गर्दै एलिमिनेटर सम्म को यात्रा तय गरेको हो ।

भैरहवा ले स्पष्ट स्थान हासिल गर्दा चितवन भने भाग्यमानी साबित हुँदै एलिमिनेटर सम्म आई पुगेको हो । लिगको चौथो स्थान प्राप्त गर्न बिराटनगर वारियर्स लाई नेट रनरेट मा पछाडी पार्दै चितवन एलिमिनेटर मा पुगेको हो । चितवन र बिराटनगर ले खेलेका खेल मध्य समान २ मा जित ३ मा हार ब्यहोर्दै अंकतालिका मा समान नै ४ अंक हुँदा चितवन ले बिराटनगर लाई नेट रनरेट मा पछि पार्दै प्ले अफ एलिमिनेटर सम्म आईपुगेको हो ।

भैरहवा र चितवन बिचको लिग चरण मा भेट हुँदा भैरहवा ले चितवन लाई १२ रनले पराजित गरेको थियो । दोस्रो क्वालिफायर मा पुग्न का लागि दुबै टिम ले कडा प्रदशन गर्ने बिश्वास गरिएको छ ।

कुल ६ टिम को सहभागिता रहको ईपिएल को फाईनल आउदो पुस ७ गते सनिवार का दिन हुनेछ ।

ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *