onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ईपिएल को ईलिमिनेटर खेल आज : भिडदै छ्न भैरहवा र चितवन

पुस ४ , अनलाईन खेलखबर || ईपिएल अन्तर्गत आज ईलिमिनेटर अर्थात दोस्रो क्वालिफायर को प्रबेशद्रार को खेल मा शरद भेषावकर को टिम भैरहवा र पृथु बास्कोटा को चितवन टाईगर्स बिच प्रतिस्पर्धा हुनेछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा हुने खेल दिउँसो करिव १ बजेपछी हुनेछ । आज खेल जसले जित्नेछ । सोही टिम भोलि बिहिवार हुने दोस्रो क्वालिफायर का लागि छ्नोट हुनेछ ।

दोस्रो क्वालिफायर मा पहिलो क्वालिफायर मा ललितपुर सगँ रोमाञ्चक खेल मा १ बिकेट ले पराजित हुन पुगेको काठमाडौ किग्स ईलाभेन सगँ खेल्नेपर्नेछ ।

बिजयी टोलि ले प्रतियोगिता को फाईनल मा ललितपुर को सामना गर्नेछ । आजको खेल मा पराजित टोलि स्वंत प्रतियोगिता बाट बाहिरिने छ ।

लिग चरण मा खेलेका ५ खेल मा भैरहवा ले ३ मा जित र २ मा हार ब्यहोर्दै अंकतालिका मा ६ अंकसहित तेस्रो स्थान हासिल गर्दै एलिमिनेटर सम्म को यात्रा तय गरेको हो ।

भैरहवा ले स्पष्ट स्थान हासिल गर्दा चितवन भने भाग्यमानी साबित हुँदै एलिमिनेटर सम्म आई पुगेको हो । लिगको चौथो स्थान प्राप्त गर्न बिराटनगर वारियर्स लाई नेट रनरेट मा पछाडी पार्दै चितवन एलिमिनेटर मा पुगेको हो । चितवन र बिराटनगर ले खेलेका खेल मध्य समान २ मा जित ३ मा हार ब्यहोर्दै अंकतालिका मा समान नै ४ अंक हुँदा चितवन ले बिराटनगर लाई नेट रनरेट मा पछि पार्दै प्ले अफ एलिमिनेटर सम्म आईपुगेको हो ।

भैरहवा र चितवन बिचको लिग चरण मा भेट हुँदा भैरहवा ले चितवन लाई १२ रनले पराजित गरेको थियो । दोस्रो क्वालिफायर मा पुग्न का लागि दुबै टिम ले कडा प्रदशन गर्ने बिश्वास गरिएको छ ।

कुल ६ टिम को सहभागिता रहको ईपिएल को फाईनल आउदो पुस ७ गते सनिवार का दिन हुनेछ ।

ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *