डिपिएल का लागि खेलाडी आबेदन खुल्ला : खेलाडी आफैले ,आफ्नो वेस मूल्य निर्धारण गर्नुपर्ने

डिपिएल का लागि खेलाडी आबेदन खुल्ला : खेलाडी आफैले ,आफ्नो वेस मूल्य निर्धारण गर्नुपर्ने

पुस ३ , अनलाईन खेलखबर || राजधानी बाहिर को अर्को चर्चित क्रीकेट प्रतियोगिता धनगढी प्रिमियर लिग ( डिपिएल ) को अक्सन का लागि खेलाडी हरु लाई नाम दर्ता को आबेदन खुल्ला गरिएको छ ।

फाईल फोटो

यहि आउदो माघ १९ गते देखि फाल्गुन ४ गतेसम्म धनगढी स्थित फाप्ला क्रीकेट मैदान मा हुने प्रतियोगिता को तेस्रो संस्करण को खेलाडी छ्नोट अक्सन का लागि दर्ता आबेदन खोलिएको छ ।

भोलि बुधवार देखि पुस १० गते सम्म खेलाडी हरु ले आफ्नो नाम दर्ता गर्न सक्ने आयोजक घनगढी क्रिकेट एकेडमी ले आज जानकारी गराएको छ ।

डिपिएल को यस संस्करण मा भने दर्ता प्रकिया को शैली मा आयोजक ले फेरबदल गरेको छ । यो संस्करण मा सम्पूर्ण खेलाडी लाई एकै वर्गमा समाबेश गरिएको छ ।

खेलाडी हरु ले न्यूनतम ३० हजार देखि अधिकतम २ लाख ५० रुपैयाँसम्म आफ्नो वेस मूल्य आफै निर्धारण गर्न सक्नेछन् ।

प्रतियोगिता को अक्सन यहि आउदो पुस १२ गते हुनेछ । खेलाडी हरु ले ईसेवा मार्फत १ हजार रुपैयाँ बुझाई डिपिएल को आधिकारिक वेवसाईट www.dplofficial.com  
मा गएर आफ्नो नाम दर्ता गर्न सक्ने ब्यबस्था मिलाईएको छ ।

प्रतियोगितामा मुलुक का ६ शहर बाट ६ टोलीलाई नै निरन्तरता दिइनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेञ्जर्स, काठमाडौं गोल्डेन्स ,विराटनगर किङ्स र सिवाईसि अत्तरिया लाई नै निरन्तरता दिइएको छ ।

यसअघि का दुई संस्करण नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का कप्तान समेत रहेका पारस खड्का ले नेतृत्व गरेको टिम चौराहा घनगढि ले उपाधी उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *