onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पहिलो क्वालिफायर खेल : काठमाडौ द्रारा ललितपुर सामु सामान्य लक्ष्य प्रस्तुत

पुस ३ , अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट को सबैभन्दा चर्चित प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को पहिलो क्वालिफायर अन्तर्गत अहिले ललितपुर र काठमाडौ बिचको खेल जारी रहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज ट्स जितेर ललितपुर ले पहिले काठमाडौ लाई ब्याटिङ को निम्तो दिएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गरेको काठमाडौ ले ईनिग को एक बल बाकी रह्दा अलआउट हुँदै मात्र १ सय ८ रन बनाएको छ ।

काठमाडौ का लागि कप्तान तथा ओपनर ब्याट्सम्यान रोहन मुस्तफा ले ३२ रनको पारी खेल उनी कुशल भुर्तेल को बलमा रन आउट हुन पुगे । यस्तै अर्का ओपनर अमित श्रेष्ठ ले ९ रनको पारी खेल्दा आउट हुन पुगे ।

यस्तै तेस्रो बिकेट का रुप मा आज यसअघि राम्रो ब्याटिङ गर्दै आएका आयरल्यान्ड का केभिन ओ ब्राईन लाई भने टिम ले सस्तै मा गुमायो उनिले केवल १ रन बनाए । यसपछि लगत्तै नरेश बुढाएर पनि १ रन बनाएर पभेलियन फर्किए । नरेश पछि राजु रिजाल पनि सुन्य रन मा आउट हुन पुगे ।

काठमाडौ को ईनिग यहाँ सम्म पुर्याउन सागर पुन ले पनि २९ रनको महत्त्वपूर्ण पारी खेले ।

बलिग तर्फ ललितपुर का लागि पवन सरार्फ र योगेन्द्र सिँह कार्की ले समान ३ बिकेट लिए भने शनि पटेल ले २ बिकेट लिए ।। ललित राजबम्शि ले पनि १ बिकेट लिन सफल भए ।

अब ललितपुर ले १ सय ९ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्नेछ ।

लिग चरण मा खेलेका ५ खेल मा ललितपुर ले ४ मा जित निकाल्दै ८ अंकसहित अंकतालिका को पहिलो स्थान हासिल गर्दा काठमाडौ ले पनि ५ मा ४ जित र १ हार ब्यहोर्दै समान ८ अंक भएपनी नेट रनरेट् मा पछि पर्दै दोस्रो स्थान हासिल गर्दै प्रतियोगिता को पहिलो क्वालिफायर को बाटो तय गरेका हुन ।

लिग चरण मा ललितपुर ले पहिलो खेल मा बिराटनगर सगँ ३ बिकेट ले पराजित भए पनि यसपछि का चार खेल मा भने जित हासिल गर्न सफल भयो । दोस्रो मा चितवन टाईगर्स लाई ११ रनले , तेस्रो मा पोखरा राईनोज लाई ८ बिकेट् ले चौथो मा काठमाडौ लाई १० बिकेट ले र पाचौं अर्थात अन्तिम खेल मा भैरहवा ६ बिकेट ले पराजित भएको थियो ।

यता काठमाडौ ले पहिलो खेल मा चितवन टाईगर्स माथी ६ बिकेट ले बिजयी भएको थियो । दोस्रो खेल मा भने ललितपुर सगँ १० बिकेट ले पराजित हुन पुगेको थियो ।यसपछि तेस्रो खेल मा पोखरा लाई ५ बिकेट ले , चौथो मा भैरहवा लाई ७ बिकेट ले र अन्तिम खेल मा बिराटनगर लाई ५ बिकेट ले पराजित गरेको थियो ।

आजको खेल को बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ । पराजित टोलि लाई अर्को मौका प्राप्त हुनेछ , जुन बुधवार हुने भैरहवा र चितवन बिच हुने एलिमिनेटर को बिजयि टोलि सगँ बिहिवार का दिन दोस्रो क्वालिफायर मा खेल्न पाउने छ ।

यहाँ बाट बिजयी टोलि पनि प्रतियोगिता फाईनल प्रबेश गर्नेछ । फाईनल आउदो पुस ७ गते सनिवार का दिन हुनेछ ।

ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *