ईपिएल को पहिलो क्वालिफायर को खेल जारी : काठमाडौ ले सुरुवाती ब्याटिङ गर्दै

ईपिएल को पहिलो क्वालिफायर को खेल जारी : काठमाडौ ले सुरुवाती ब्याटिङ गर्दै

पुस ३ , अनलाईन खेलखबर || त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी घरेलु क्रीकेट को सबैभन्दा चर्चित प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को पहिलो क्वालिफायर अन्तर्गत अहिले ललितपुर र काठमाडौ बिचको खेल जारी रहेको छ ।

आज ट्स जितेर ललितपुर ले पहिले काठमाडौ लाई ब्याटिङ को निम्तो दिएको छ र अहिले काठमाडौ ले ब्याटिङ गरिरहेको अबस्था छ ।

लिग चरण मा खेलेका ५ खेल मा ललितपुर ले ४ मा जित निकाल्दै ८ अंकसहित अंकतालिका को पहिलो स्थान हासिल गर्दा काठमाडौ ले पनि ५ मा ४ जित र १ हार ब्यहोर्दै समान ८ अंक भएपनी नेट रनरेट् मा पछि पर्दै दोस्रो स्थान हासिल गर्दै प्रतियोगिता को पहिलो क्वालिफायर को बाटो तय गरेका हुन ।

लिग चरण मा ललितपुर ले पहिलो खेल मा बिराटनगर सगँ ३ बिकेट ले पराजित भए पनि यसपछि का चार खेल मा भने जित हासिल गर्न सफल भयो । दोस्रो मा चितवन टाईगर्स लाई ११ रनले , तेस्रो मा पोखरा राईनोज लाई ८ बिकेट् ले चौथो मा काठमाडौ लाई १० बिकेट ले र पाचौं अर्थात अन्तिम खेल मा भैरहवा ६ बिकेट ले पराजित भएको थियो ।

यता काठमाडौ ले पहिलो खेल मा चितवन टाईगर्स माथी ६ बिकेट ले बिजयी भएको थियो । दोस्रो खेल मा भने ललितपुर सगँ १० बिकेट ले पराजित हुन पुगेको थियो ।यसपछि तेस्रो खेल मा पोखरा लाई ५ बिकेट ले , चौथो मा भैरहवा लाई ७ बिकेट ले र अन्तिम खेल मा बिराटनगर लाई ५ बिकेट ले पराजित गरेको थियो ।

लिग चरण को भेट मा ललितपुर हावी

काठमाडौ र ललितपुर को लिग चरण को एक भेट मा ललितपुर ले शानदार जित निकाल्न सफल भएको थियो ।

सुरुमा ट्स जितेर काठमाडौ ले पहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गर्ने क्रम मा काठमाडौ १९.५ ओवर मा अलआउट हुँदै मात्र १ सय ९ रन खडा गरेको थियो ।

काठमाडौ का लागि आयरल्यान्ड का केभिन ओ ब्राईन ले ४२ रन तथा सिद्धान्त लोहनी ले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान टिमलाई दिन नसक्दा टिम कम स्कोर मा रोकिन बाध्य भयो ।

काठमाडौ लाई कम स्कोर मा रोक्न ललितपुर का बलर पवन सरार्फ को तारिफयोग्य प्रदसन रहयो उनले ४ ओवर बलिग गरेर २२ रन खर्चिदै सर्बाधिक ३ बिकेट लिए साथै ललितपुर का लागि रासिद खान र योगेन्द्र सिँह कार्की ले पनि २/२ बिकेट लिए भने शनि पटेल ले पनि १ बिकेट हात पारे ।

यसपछि ललितपुर ले १ सय १० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गर्यो । र ओपनरद्रय जयकिशन कोल्सावाला र गौरभ तोमर ले उत्कृष्ट ब्याटिङ गरेपछी त्यो जित का ओपनिग साझेदारी नै प्रयाप्त भयो । निकै आक्रमक ब्याटिङ गरेका दुबै ब्याट्सम्यान अबिजित रह्दै १०.३ ओवर भित्र बिजयी लक्ष्य सजिलै भेटाए ।

आक्रमक ब्याटिङ गरेका तोमर लाई साथ दिएका जयकिशन कोल्सावाला ले २७ रन मा अबिजित रह्दा , आज का खेल का नायक गौरभ तोमर पनि अबिजित ८० रनको पारी खेल्दै टिम लाई शानदार जित दिलाए । ३५ बलको सामना गरेका उनले ९ चौका र ५ छ्क्का प्रहार गरेका थिए ।

आजको खेल को बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ । पराजित टोलि लाई अर्को मौका प्राप्त हुनेछ , जुन बुधवार हुने भैरहवा र चितवन बिच हुने एलिमिनेटर को बिजयि टोलि सगँ बिहिवार का दिन दोस्रो क्वालिफायर मा खेल्न पाउने छ ।

यहाँ बाट बिजयी टोलि पनि प्रतियोगिता फाईनल प्रबेश गर्नेछ । फाईनल आउदो पुस ७ गते सनिवार का दिन हुनेछ ।

ईपिएल को बिजेता टोलि ले नगद २५ लाख र उपबिजेता ले १० लाख पाउनेछ्न । यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी ले एउटा टिभिएस को मोटरसाइकल प्राप्त गर्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *