बल्ल खुलायो आयोजक ले ईपिएल को पुरस्कार राशी

बल्ल खुलायो आयोजक ले ईपिएल को पुरस्कार राशी

पुस २ , अनलाईन खेलखबर || घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को आज पुरस्कार राशी सार्बजनिक गरिएको छ ।

आज सोमबार आयोजक ईपिएल प्राली ले प्रेश बिज्ञप्ती जारी गरि प्रतियोगिता को पुरस्कार राशी को घोषणा गरेको हो ।

सामान्यतया कुनै पनि प्रतियोगिता गर्नु अघि नै पुरस्कार राशी को घोषणा गर्ने चलन धेरै मा रहेको हुन्छ । तर ईपिएल ले यसपटक पुरस्कार राशि लाई खुलाएको थिएन र अहिले लिग चरण का सबै खेल समाप्त भएपछि मात्र आयोजक ले पुरस्कार राशी को सार्बजनिक गरेको हो ।

आयोजक ले जानकारी गराए अनुसार बिजेता ले २५ लाख नगद प्राप्त गर्नेछ भने उपबिजेता ले १० लाख नगद प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी लाई प्रतियोगिता को मुख्य प्रायोजक टिभीएस बाट टिभिएस बाइक प्रदान गरिने छ ।

ईपिएल को अघिल्लो दोस्रो संस्करण मा पुरस्कार राशी २१ लाख रहेको थियो ।

यता प्रतियोगिता मा आज देखि लिग चरण का सबै खेल सकिएका छ्न , कुल ६ टिम सहभागिता रहेको प्रतियोगिता मा अब बिजेता होड मा ४ टिम रहेका छ्न । डिफेन्डिङ च्याम्पियन बिराटनगर वारियर्स र पोखरा राईनोज प्रतियोगिता बाट बाहीरिदा ललितपुर भैरहवा , काठमाडौ र चितवन उपाधी होड मा छ्न ।

अब ईपिएल मा भोलि मङ्गलबार पहिलो क्वालिफायर खेल हुनेछ जहाँ ललितपुर र काठमाडौ भिडदै छ्न । यहाँ बाट बिजयी टोलि स्वत फाईनल पुग्नेछ ।

भने पराजित हुने टिम ले एक अर्को सुनौलो मौका प्राप्त गर्ने छ ।

जुन हुने छ अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहेका भैरहवा र चितवन बिच बुधवार हुने एलिमिनेटर खेल को बिजयी टोलि सगँ बिहीवार पहिलो क्वालिफायर को पराजित टोलि ले दोस्रो क्वालिफायर खेल्नेछ ।

यहाँ बाट बिजयी टोलि ले पहिलो क्वालिफायर जिति फाईनल पुगेको टिम सगँ सनिवार फाईनल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *