डिफेन्डिङ च्याम्पियन बिराटनगर लिग चरण बाटै बाहिरियो : प्ले अफ समीकरण पनि पूरा
पुस २ , अनलाईन खेलखबर || टिभिएस एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत लिग चरण को अन्तिम खेल मा आज डिफेन्डिङ च्याम्पियन बिराटनगर वारियर्स , काठमाडौ किग्स ईलाभेन सगँ ५ बिकेट ले पराजित भएको छ ।
यो जित सगै काठमाडौ जारी ईपिएल मा पहिलो क्वालिफायर का लागि छ्नोट भएको छ ।अब काठमाडौ ले पहिलो क्वालिफायर अन्तर्गत भोलि मङ्गलबार ललितपुर सगँ प्रतिस्पर्धा गर्नेछ ।
लिग चरण को आज अन्तिम खेल मा पराजित हुन पुगेको बिराटनगर प्रतियोगिता बाटै बाहिरिएको छ । प्ले अफ मा स्थान बनाउन आज बिराटनगर ले जित्नै पर्ने दवाव थियो । नतिजा काठमाडौ ले आफ्नो पक्ष मा पारेपछि डिफेन्डिङ च्याम्पियन समेत रहेको बिराटनगर लिग चरण बाट बाहिरिन बाध्य भयो ।
आज भएको निकै महत्त्वपूर्ण खेल मा काठमाडौ ले ट्स जितेर बिराटनगर लाई पहिले ब्याटिङ गर्न आमत्रण गरेको थियो ।
बिराट्नगर ला लागि ओपनर तथा टिम कप्तान पारस खड्का ले २१ रन तथा सुमित महर्जन ले २५ रन र हरि बहादुर चौहान ले २२ रन बनाउनु बाहेक अन्य ले निराशाजनक प्रदशन गरेपछी टिम १७.५ ओवर मा अलआउट हुन पुग्यो ।
बिराटनगर को ब्याटिङ ध्वस्त पार्ने क्रम मा काठमाडौ का केभिन ओ ब्राईन ले सर्बाधिक ३ बिकेट लिए भने रोहन मुस्तफा , बिक्रम भुषाल र प्रदिप साहु ले समान १/१ बिकेट लिए । यस्तै जितेन्द्र मुखिया ले पनि १ बिकेट लिन सफल भए ।
यसपछि १ सय १ रनको झिनो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको काठमाडौ ले १७.५ ओवर मा मात्र ५ बिकेट गुमाएर उक्त लक्ष्य भेटायो । काठमाडौ को जित मा आयरल्यान्ड का केभिन ओ ब्राईन ले अबिजित रह्दै सर्बाधिक ४५ रनको पारी खेल्दै टिम लाई सहज जित दिलाए । यस्तै प्रदिप साहु ले केभिन लाई साथ दिदै अबिजित २२ रन बनाए
बलिग तर्फ बिराटनगर का लागि रोलेफ र पारस खड्का ले २/२ बिकेट लिए भने रोबिन क्षेत्रि ले १ बिकेट लिन सफल भए ।
यो सगै ईपिएल का प्ले अफ समीकरण पनि पूरा भएको छ । अब अंकतालिका मा पहिलो ललितपुर ले दोस्रो स्थान मा रहेको काठमाडौ सगँ भोलि मङ्गलबार पहिलो क्वालिफायर खेल खेल्नेछ । यहाँ बाट बिजयी टोलि स्वत फाईनल पुग्नेछ ।
भने पराजित हुने टिम ले एक अर्को सुनौलो मौका प्राप्त गर्ने छ । जुन हुनेछ अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहेका भैरहवा र चितवन बिच बुधवार एलिमिनेटर खेल हुनेछ ।
भैरहवा र चितवन बिचको बिजयी टोलि सगँ बिहीवार पहिलो क्वालिफायर को पराजित टोलि ले दोस्रो क्वालिफायर खेल्नेछ ।
यहाँ बाट बिजयी टोलि ले पहिलो क्वालिफायर जिति फाईनल पुगेको टिम सगँ सनिवार फाईनल खेल्नेछ ।