onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल मा आज लिग चरण को अन्तिम खेल हुँदै : भिड्दै छ्न बिराटनगर र काठमाडौ

पुस २ , अनलाईन खेलखबर || एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत आज लिग चरण को अन्तिम खेल हुदैँछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा करिव १ बजेपछि हुने खेल मा डिफेन्डिङ च्याम्पियन बिराटनगर वारियर्स ले काठमाडौ किग्स ईलाभेन को सामना गर्नेछ ।

आज प्रतियोगिता को प्ले अफ पुग्न काठमाडौ लाई बिराटनगर ले जित्नै पर्ने हुन्छ । यदि आजको खेल मा काठमाडौ ले जित्यो भने काठमाडौ पहिलो क्वालिफायर का लागि छ्नोट हुनेछ ।

तर बिराटनगर का लागि भने जित सगैँ नेट रनरेट पनि सुधार गर्दै जितेमा बिराटनगर प्ले अफ मा पुग्नेछ ।

हाल अंकतालिका मा ललितपुर ५ खेल बाट ४ मा जित र १ मा पराजित हुँदै ८ अंकसहित अंकतालिका को पहिलो स्थान मा छ र ललितपुर पहिलो क्वालिफायर का लागि छ्नोट भईसकेको छ ।

यसपछि दोस्रो मा भैरहवा ६ अंकसहित दोस्रो स्थान मा छ तेस्रो मा काठमाडौ पनि ६ अंकसहित नेट रनरेट मा पछि पर्दै तेस्रो स्थान मा छ भने बिराटनगर ४ अंकसहित चौथो स्थान मा छ भने चितवन पनि ४ अंकसहित बिराटनगर लाई पछ्याईरहेको छ ।

फाईल फोटो

लिग चरण को आज अन्तिम खेल हो । यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।

प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्