दर्शन वलि बने ईपिएल बाट ५० हजार नगद पाउने दोस्रो दर्शक : भन्छ्न यो पैसा आफ्नो उच्च शिक्षा मा लगाउँछु

दर्शन वलि बने ईपिएल बाट ५० हजार नगद पाउने दोस्रो दर्शक : भन्छ्न यो पैसा आफ्नो उच्च शिक्षा मा लगाउँछु

पुस १ , अनलाईन खेलखबर || त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को दौरान ब्याट्सम्यान द्रारा आएको बललाई एक हात ले क्याच गर्दै एकजना दर्शक ले फेरि ५० हजार नगद प्राप्त गरेका छन ।

शुक्रबार बिराटनगर र चितवन बिचको खेल मा चितवन का जर्ज स्कटले प्रहार गरेको लामो छक्कालाई खेल हेर्न मैदान मा रहेका दर्शन वलि ले एक हात ले शानदार क्याच गर्न सफल भएका थिए ।

यसपछि आयोजक ईपिएल प्राली ले भिडियो फुटेज को साहारा लिई उनको क्याच सत प्रतिशत प्रमाणित भएपछी आज आईतवार उनलाई पचास हजार प्रदान गरिएको छ ।

डोटि का दर्शन वलि बिद्यार्थी हुन , अहिले उच्च शिक्षा अध्ययनरत छ्न , साथी हरु सगँ ईपिएल को खेल हेर्न आएका उनी स्वयम् आफै पनि क्याच गरि सकेपछि एकछिन बिश्वास नलागेको अनुभव सुनाउदै थिए ।

अनलाईन खेलखबर ले उनलाई अब त्यो पचास हजार के गर्नुहुन्छ , के छ सोच ? भन्ने प्रश्न गर्दा उनले यो पैसा आफ्नो उच्च शिक्षा मा लगाउने बताए ।

क्रीकेट मा असम्भव त होईन तर निकै कम मात्र हुने हुन्छ यस्तो कुनै पनि खेलाडी ले प्रहार गरेको बल मैदान बाहिर खेल हेर्न बसेका कुनै एक दर्शक ले क्याच गर्ने त्यो पनि एक हात ले तर ईपिएल को दौरान आईतवार पनि अपत्यारिलो जस्तो लाग्ने त्यो हुन पुगेको थियो ।
भैरहवा र पोखरा राईनोज बिचको खेल मा पोखरा का लागि रिचार्ड लेभी ले प्रहार गरेको छक्का दर्शक सामु पुग्दा त्यहा रहेका सरुन भट्ट ले एक हात ले क्याच गर्न सफल भएका थिए ।

ईपिएल आयोजक ईपिएल प्राली ले खेल हेर्न आउने दर्शक ले ब्याट्सम्यान बाट आएको बल एक हात ले क्याच गरेको खन्ड मा ५० हजार प्रदान गर्ने ब्यबस्था गरेको छ । यो ब्यबस्था को लाभ उठाउने मा पहिलो मा सरुन भट्ट र दोस्रो मा अहिले दर्शन वलि भएका छ्न ।


दर्शन वलि यस्तो भन्छन हेर्नुहोस भीडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *