ललितपुर का बलर सामु भैरहवा का ब्याट्सम्यान को कमजोर प्रदशन : भैरहवा द्रारा सामान्य बिजयी लक्ष्य प्रस्तुत
पुस १, अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत अहिले दुई बलिया टिम ललितपुर र भैरहवा भिडिरहेका छ्न ।
त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा आज ट्स जितेर ललितपुर ले भैरहवा लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो ।
ट्स हारेर पहिले ब्याटिङ गर्न उत्रिएको शरद भेषावकर को कप्तानी मा रहेको भैरहवा १९ ओवर मा अलआउट हुँदै मात्र ९३ रन बनाएको छ ।
ललितपुर का बलर सामु सुरु देखि नै खुलेर खेल्न भैरहवा का ब्याट्सम्यान ले सकेनन , सुरुवात मा ओपनरद्रय युएई का मोहम्मद नाबेद लाई २ रन र प्रदिप एरि लाई पनि समान २ रन मा गुमाए पछि खराव सुरुवात भैरहवा को हुन पुगेको थियो । दुबै बिकेट शनि पटेल ले लिएका थिए । यसपछि आक्रमक ब्याट्सम्यान का रुपमा आफू लाई उभाएका भारतिय ब्याट्सम्यान रबि ईन्दर सिँह लाई आज भने टिम ले सस्तै मा गुमाए पछि टिम केही मुस्किल मा आएको थियो । उनले २५ रनको योगदान भने गरे ।
रवि आउट हुने बित्तिकै मैदान प्रबेश गरेका कप्तान सरद भेषावकर पनि १ रन बनाएर आउट हुन पुगे ।
यसपछि पनि भैरहवाको बिकेट पतन क्रम नरोकिएपछि भैरहवा कम स्कोर मा समिटियो । भैरहवा का लागि नेदरल्यान्ड का ब्याट्सम्यान रायन टेन को ३७ रन नै ईनिग को सर्बाधिक ठूलो स्कोर हुन पुग्यो ।
सुरुवात देखि नै भैरहवा का ब्याट्सम्यान विरुद्ध कसिलो बलिङ प्रदशन गरेका ललितपुर का शनि पटेल ले सनशनि पुर्ण बलिग गर्दै ५ बिकेट लिए । यस्तै योगेन्द्र सिँह कार्की ले २ तथा ललित राजवम्शि ले १ बिकेट लिए
अब भैरहवा ले दिएको ९३ रनको सामान्य बिजयी लक्ष्य पछ्याउदै भैरहवा जवाफि ब्याटिङ मा उत्रिने छ ।
यो खेल अहिले सम्म को अंकतालिका मा क्रमश : पहिलो र दोस्रो स्थान मा रहेका ललितपुर र भैरहवा बिचको भिडन्त हो ।
प्रतियोगिता को लागि पहिलो क्वालिफायर का लागि छ्नोट हुन आजको खेल दुबै टिम का लागि धेरै नै महत्त्वपूर्ण रहेको छ । आज खेल जसले जित्ने छ प्रतियोगिता को पहिलो क्वालिफायर पक्का गर्नेछ ।
पहिलो क्वालिफायर मा पुस ३ गते मङ्गलबार अंकतालिका मा रहेका पहिलो र दोस्रो स्थान का टोलि भिडने छन । यहाँ बाट बिजेता टोलि सिदै प्रतियोगिता को फाईनल पुग्ने छ ।
पराजित टोलि एक अर्को सुनौलो मौका प्राप्त गर्नेछ । जुन बुधवार हुने एलिमिनेटर अर्थात अंकतालिका का तेस्रो र चौथो स्थान का टोलि बिच हुने प्रतिस्पर्धा को बिजयी टोलि सगँ बिहिवार दोस्रो क्वालिफायर मा खेल्न पाउने छ ।
यसबाट बिजयी टोलि पनि प्रतियोगिता को फाईनल पुग्नेछ । यसअर्थ मा सबै टोलि को मुख्य कोसिस अंकतालिका मा पहिलो वा दोस्रो स्थान मा पुग्ने नभए तेस्रो र चौथो मा पुग्ने हुन्छ । पाचौ र छ्ठौ हुने टिम लिग चरण बाटै बाहिरिने प्रावधान रहेको छ ।
ललितपुर ले खेलेका ४ खेल मा ३ मा जित र १ मा हार सहित ६ अंक सहित अहिले पहिलो स्थान मा रहेको छ ।ललितपुर पहिलो खेल मा बिराटनगर सगँ ३ बिकेट ले पराजित भएपछि भने यसपछि लगातार ३ खेल मा जित हासिल गरेको छ । दोस्रो खेल मा चितवन टाईगर्स लाई ११ रनले , तेस्रो मा पोखरा राईनोज लाई ८ बिकेट ले र चौथो मा काठमाडौ लाई १० बिकेट ले पराजित गरेको छ ।
यस्तै भैरहवा ले पनि ४ खेल बाट ३ मा जित र १ मा हार सहित अंकतालिका मा ६ अंकसहित नेट रनरेट मा पछि पर्दै अहिले दोस्रो स्थान मा रहेको छ । भैरहवा ले सुरुवात का तीन खेल मा जित निकाल्दा चौथो मा पराजित हुनपुगेको थियो ।
भैरहवा ले पहिलो खेल मा पोखरा राईनोज लाई ४ बिकेट ले , दोस्रो मा चितवन टाईगर्स लाई १२ रनले र तेस्रो मा बिराटनगर लाई ४ बिकेट ले पराजित गरेको थियो भने चौथो खेल मा स्वयम् आफै काठमाडौ सगं ७ बिकेट ले पराजित भएको थियो ।
लिग चरण को प्रदशन लाई नियाल्दा आज हुने महत्त्वपूर्ण खेल कडा टक्कर हुने देखिन्छ ।