भैरहवा र ललितपुर को खेल जारी : सुरु मा भैरहवा ले ब्याटिङ गर्दै
पुस १, अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा अहिले दुई बलिया टिम हरु बिच प्रतिस्पर्धा भईरहेको छ ।
अहिले सम्म को अंकतालिका मा पहिलो र दोस्रो स्थान मा रहेका ललितपुर र भैरहवा बिचको खेल अहिले जारी रहेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा ट्स जितेर ललितपुर ले भैरहवा लाई पहिले ब्याटिङ को निम्तो दिएको छ ।
प्रतियोगिता को लागि पहिलो क्वालिफायर का लागि छ्नोट हुन आजको खेल दुबै टिम का लागि धेरै नै महत्त्वपूर्ण रहेको छ । आज खेल जसले जित्ने छ प्रतियोगिता को पहिलो क्वालिफायर पक्का गर्नेछ ।
पहिलो क्वालिफायर मा पुस ३ गते मङ्गलबार अंकतालिका मा रहेका पहिलो र दोस्रो स्थान का टोलि भिडने छन । यहाँ बाट बिजेता टोलि सिदै प्रतियोगिता को फाईनल पुग्ने छ ।
पराजित टोलि एक अर्को सुनौलो मौका प्राप्त गर्नेछ । जुन बुधवार हुने एलिमिनेटर अर्थात अंकतालिका का तेस्रो र चौथो स्थान का टोलि बिच हुने प्रतिस्पर्धा को बिजयी टोलि सगँ बिहिवार दोस्रो क्वालिफायर मा खेल्न पाउने छ ।
यसबाट बिजयी टोलि पनि प्रतियोगिता को फाईनल पुग्नेछ । यसअर्थ मा सबै टोलि को मुख्य कोसिस अंकतालिका मा पहिलो वा दोस्रो स्थान मा पुग्ने नभए तेस्रो र चौथो मा पुग्ने हुन्छ । पाचौ र छ्ठौ हुने टिम लिग चरण बाटै बाहिरिने प्रावधान रहेको छ ।
ललितपुर ले खेलेका ४ खेल मा ३ मा जित र १ मा हार सहित ६ अंक सहित अहिले पहिलो स्थान मा रहेको छ ।ललितपुर पहिलो खेल मा बिराटनगर सगँ ३ बिकेट ले पराजित भएपछि भने यसपछि लगातार ३ खेल मा जित हासिल गरेको छ । दोस्रो खेल मा चितवन टाईगर्स लाई ११ रनले , तेस्रो मा पोखरा राईनोज लाई ८ बिकेट ले र चौथो मा काठमाडौ लाई १० बिकेट ले पराजित गरेको छ ।
यस्तै भैरहवा ले पनि ४ खेल बाट ३ मा जित र १ मा हार सहित अंकतालिका मा ६ अंकसहित नेट रनरेट मा पछि पर्दै अहिले दोस्रो स्थान मा रहेको छ । भैरहवा ले सुरुवात का तीन खेल मा जित निकाल्दा चौथो मा पराजित हुनपुगेको थियो ।
भैरहवा ले पहिलो खेल मा पोखरा राईनोज लाई ४ बिकेट ले , दोस्रो मा चितवन टाईगर्स लाई १२ रनले र तेस्रो मा बिराटनगर लाई ४ बिकेट ले पराजित गरेको थियो भने चौथो खेल मा स्वयम् आफै काठमाडौ सगं ७ बिकेट ले पराजित भएको थियो ।
लिग चरण को प्रदशन लाई नियाल्दा आज हुने महत्त्वपूर्ण खेल कडा टक्कर हुने देखिन्छ ।