onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पोखरा अन्तिम खेल मा पनि पराजित : चितवन को प्ले अफ पुग्ने सम्भावना अझै जिबितै

मङ्सिर २९ , अनलाईन खेलखबर || ईपिएल अन्तर्गत आज सनिवार को दोस्रो खेल मा चितवन टाईगर्स द्रारा पोखरा राईनोज लाई ७ बिकेट ले पराजित गरेको छ ।

यो सगै पोखरा ले जारी ईपिएल मा सबै खेल मा पराजित हुँदै प्रतियोगिता बाट बाहिएको छ । भने चितवन ले प्ले अफ मा पुग्ने सम्भावना अझै जिबितै राखेको छ ।

आज पोखरा ले दिएको १ सय ३० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको चितवन ले उक्त बिजयी लक्ष्य १९ ओवर मा मात्र ३ बिकेट गुमाएर भेटायो ।

चितवन लाई महत्त्वपूर्ण खेल मा जित दिलाउन
पाहुल स्टलिङ र दीपेन्द्र सिँह एरि बिच ठुलो साझेदारी हुन पुगेको थियो । पाहुल ले ५५ रनको पारी खेल भने दीपेन्द्र सिँह एरि ले अबिजित ५४ रनको योगदान गरेपछी टिम ले पोखरा माथी सहज जित निकाल्यो ।चितवन का लागि सन्दिप सुनार ले १० रन तथा सिमसोन ले ९ रनको योगदान गरेका थिए ।

यसअघि आज सनिवार दिनको दोस्रो खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर ट्स जितेर चितवन ले पोखरा लाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्न उत्रिएको पोखरा ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

मध्यम सुरुवात गरेको पोखरा का लागि कप्तान तथा ओपनर ब्याट्सम्यान कायल ले २३ रन को योगदान गरेका थिए। यस्तै दोस्रो बिकेट का रुपमा पभेलियन फर्किएका बिनोद भन्डारी ले २७ रनको पारी खेले । यसपछि पोखरा ले बिनोद पछि अर्को बलमा पाहुल कोग्लिन लाई शून्य रन मा गुमायो ।

यसपछि राजेश पुलामी मगर ले १२ रन बनाएर आउट हुन पुगे ।

ईनिग को सर्बाधिक ठूलो पारी खेलेका सुनिल घमला ले अबिजित ५१ रन को पारी खेल्दै टिमलाई सम्मानजनक स्कोर तर्फ भने लगेका थिए ।

बलिग तर्फ चितवन का लागि स्कट ले सर्बाधिक ३ बिकेट लिए । यस्तै ललित भन्डारी ले २ बिकेट लिए ।


यसअघि नै लगातार ४ खेल मा पराजित हुँदै प्ले अफ सम्भावना समाप्त भएको पोखरा का लागि यो खेल केवल सान्त्वना का लागि मात्र थियो ।

यता यो चितवन का लागि भने यो निकै महत्त्वपूर्ण खेल रहेको थियो । यदि झिनो आझा जिवित राख्न पनि चितवन लाई जित निकाल्नै पर्ने दवाव थियो । अब चितवन को प्ले अफ को भाग्य निर्धारण सोमबार हुने लिग चरण को अन्तिम खेल काठमाडौ र बिराटनगर को खेल ले निर्धारण गर्नेछ ।

यसअघि नै ललितपुर , भैरहवा र काठमाडौ प्ले अफ पुगि सकेका छ्न , अब बाकी एक स्थान का लागि चितवन र बिराटनगर बिचको एक टिम पुग्नेछ ।

लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।

प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *