पोखरा द्रारा चितवन सामु सामान्य रनको लक्ष्य प्रस्तुत : चितवन लाई खेल जित्नै पर्ने दवाव

पोखरा द्रारा चितवन सामु सामान्य रनको लक्ष्य प्रस्तुत : चितवन लाई खेल जित्नै पर्ने दवाव

मङ्सिर २९ , अनलाईन खेलखबर || यसअघि नै लगातार ४ खेल मा पराजित हुँदै ईपिएल बाट बाहिरि सकेको पोखरा राईनोज ले अहिले चितवन टाईगर्स को सामना गरिरहेको छ ।

आज सनिवार दिनको दोस्रो खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर ट्स जितेर चितवन ले पोखरा लाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्न उत्रिएको पोखरा ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय २९ रन बनाएको छ ।

मध्यम सुरुवात गरेको पोखरा का लागि कप्तान तथा ओपनर ब्याट्सम्यान कायल ले २३ रन को योगदान गरेका थिए। यस्तै दोस्रो बिकेट का रुपमा पभेलियन फर्किएका बिनोद भन्डारी ले २७ रनको पारी खेले । यसपछि पोखरा ले बिनोद पछि अर्को बलमा पाहुल कोग्लिन लाई शून्य रन मा गुमायो ।

यसपछि राजेश पुलामी मगर ले १२ रन बनाएर आउट हुन पुगे ।

ईनिग को सर्बाधिक ठूलो पारी खेलेका सुनिल घमला ले अबिजित ५१ रन को पारी खेल्दै टिमलाई सम्मानजनक स्कोर तर्फ लगेका थिए ।

बलिग तर्फ चितवन का लागि स्कट ले सर्बाधिक ३ बिकेट लिए । यस्तै ललित भन्डारी ले २ बिकेट लिए ।

अब केही बेर मा चितवन ले १ सय ३० रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्नेछ ।

अहिले अंकतालिका मा समान ६ अंक सहित नेटरनरेट मा तल माथी हुँदै क्रमश ललितपुर पहिलो , भैरहवा दोस्रो र तेस्रो मा काठमाडौ रहेको छ । भने चौथो मा बिराटनगर र पाचौ मा चितवन रहेको छ ।

यस्तो मा ललितपुर , भैरहवा र काठमाडौ ले प्ले अफ को स्थान सुरक्षित गरिसकेका छ्न । अब बाकि एक स्थान का लागि डिफेन्डिङ च्याम्पियन बिराटनगर र चितवन को सम्भावना रहेको छ ।

पोखरा का लागि यो खेल केवल सान्त्वना हुदाँ चितवन का लागि भने यो निकै महत्त्वपूर्ण खेल हो । यदि झिनो आझा जिवित राख्न पनि चितवन लाई जित को विकल्प छैन , यदि आजको नतिजा चितवन ले आफ्नो पक्षमा मा पारेको खन्ड मा सोमबार हुने लिग चरण को अन्तिम खेल काठमाडौ र बिराटनगर को खेल ले चितवन को प्ले अफ को यात्रा लाई निर्धारण गर्नेछ । यदि आज चितवन पराजित भएको खन्ड मा चितवन पनि प्रतियोगिता बाट बाहिरिने छ र संवत् बिराटनगर ले प्ले अफ को स्थान पक्का गर्नेछ ।

लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।

प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *