भैरहवा को ईपिएल मा अपराजित यात्रा मा लाग्यो पुर्णबिराम , बिजयी काठमाडौ पनि पुग्यो प्ले अफ मा
मङ्सिर २९ , अनलाईन खेलखबर || भैरहवा को जारी ईपिएल मा अपराजित यात्रा मा आज पुर्णबिराम लागेको छ । आज भएको दिनको पहिलो खेल मा भैरहवा काठमाडौ किग्स ईलाभेन सगँ ७ बिकेट ले पराजित भएको हो ।
भैरहवा ले दिएको १ सय ५० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको काठमाडौ ले उक्त लक्ष्य ५ बल बाकी रहदा मात्र ३ बिकेट गुमाएर भेटायो ।
शानदार सुरुवात गरेको काठमाडौ ले ओपनर द्रय अमित श्रेष्ठ को अर्धसतकिय ५१ रन र कप्तान रोहन मुस्तफा को ३६ रन बनाए । यस्तै सागर पुन ले १३ रन बनाउदा केभिन ओ ब्राईन ३३ रन मा अबिजित रहे भने नरेश बुढाएर पनि ४ रन मा अबिजित हुन पुगे ।
वलिग तर्फ भैरहवा का लागि शरद भेषावकर र भुवन कार्की ले समान १/१ बिकेट लिन सफल भए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा टस हारेर पहिले भैरहवा ले ब्याटिङ गरेको थियो । भैरहवा का लागि कप्तान शरद भेषावकर र रबि ईन्दर सिँह बिच सतकिय साझेदारी हुन पुगे पछि भैरहवा सम्मान जनक स्कोर तर्फ अग्रसर भएको थियो । सुरुवाती ब्याट्सम्यान लाई सस्तै मा गुमाएको भैरहवा का लागि रबि ईन्दर सिँह ले सर्बाधिक ८६ रन को पारी खेल यस्तै सरद ले ३९ रन बनाए ।
टिमको स्कोर ४० रन हुँदा ३ ब्याट्सम्यान प्रदिप एरि लाई शून्य रन , हरि सङ्खर शाह लाई ४ रन र रायन टेनलाई १२ रन मा गुमाएको भैरहवा का लागि रबि र शरद ले राम्रो कमब्याक गराउदै निर्धारित २० ओवर पुरै खेल्दै टिमले १ सय ४९ रन बनाउन सफल भएको थियो ।
बलिग तर्फ काठमाडौ का लागि जितेन्द्र मुखियाले २ तथा केभिन र प्रदिप साहु ले समान १/१ बिकेट लिए ।
आजको जित सगै काठमाडौ ले पनि प्ले अफ को स्थान सुरक्षित गरेको छ । यसअघि ललितपुर र भैरहवा पनि प्ले अफ मा पुगिसकेका छ्न ।
लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।
यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।
प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।