ईपिएल मा प्ले अफ पुग्ने समीकरण रोचक बन्दै : आज पनि दुई खेल हुँदा माहोल रोमाञ्चक बन्ने बिश्वास
मङ्सिर २९ , अनलाईन खेलखबर || लिग चरण का खेलहरु अन्तिम समय तिर आईपुग्दा जारी ईपिएल मा प्ले अफ को पुग्ने भन्ने मा रोमान्चकता थपिएको छ ।
ललितपुर र भैरहवा ले प्ले अफ स्थान सुरक्षित गरि सकेपनि २ स्थान का लागि अझै भिडन्त खुल्ला नै छ , त्यस का लागि डिफेन्डिङ च्याम्पियन बिराटनगर वारियर्स , काठमाडौ किग्स ईलाभेन र चितवन टाईगर्स को पनि सम्भावना बाकि रहेको छ ।
यस्तै आज सनिवार का दिन हुने भैरहवा र काठमाडौ र दोस्रो मा हुने चितवन र पोखरा बिचको खेल ले समीकरण को टुङ्गो लगाउन केही सजिलो हुनेछ ।
आज यसअघि लगातार तिन खेल मा जित निकाल्दै अंकतालिका मा ६ अंकसहित दोस्रो स्थान मा रहेको भैरहवा ले अंकतालिका मा चौथो स्थान मा रहेको काठमाडौ सगँ प्रतिस्पर्धा गर्नेछ , यदि यो खेल ललितपुर को पक्षमा गएमा काठमाडौ लाई पनि अप्ठ्यारो अबस्था आउने छ भने ललितपुर अंकतालिका मा पहिलो स्थान मा पुग्नेछ ।
यस्तै आज को दोस्रो खेल मा प्रतियोगिता बाटै बाहिरि सकेको पोखरा राईनोज ले अंकतालिका मा पाचौ स्थान मा रहेको चितवन टाईगर्स सगँ प्रतिस्पर्धा गर्नेछ । यो खेल पनि हेर्न लायक हुनेछ , पोखरा का लागि यो खेल केवल सान्त्वना हुदाँ चितवन का लागि भने यो निकै महत्त्वपूर्ण खेल हो , यदि झिनो आझा जिवित राख्न पनि चितवन लाई जित को विकल्प छैन , यदि आजको नतिजा चितवन ले आफ्नो पक्ष मा पारेपनि बिराटनगर र काठमाडौ को नतिजा मा भर पर्नु पर्ने देखिन्छ ।
लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।
यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।
प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।