ईपिएल मा चितवन को पहिलो जित , बाकी प्ले अफ पुग्ने सम्भावना रोचक बन्यो

ईपिएल मा चितवन को पहिलो जित , बाकी प्ले अफ पुग्ने सम्भावना रोचक बन्यो

मङ्सिर २८ , अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा बिराटनगर माथी रोमाञ्चक खेल मा चितवन ले ५ रनले बिजयी हासिल गरेको छ ।

जारी लिग मा यो चितवन को यो पहिलो जित हो । जितसगै चितवन ले प्ले अफ पुग्ने झिनो सम्भावना जिवित राखेको छ । यसअघि ललितपुर र भैरहवा प्ले अफ स्थान सुरक्षित गरिसकेको अबस्था मा बाकि दुई स्थान का लागि समीकरण रोचक बन्ने देखिएको छ ।

हङकङ का बाबर हायत ले बिस्पोटक ब्याटिङ गरेको ईनिग मा १ सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगर निर्धारित २० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर १ सय ९१ रन मा समिटिदा जित नजिक पुग्दा पुग्दै डिफेन्डिङ च्याम्पियन निराश हुन पुग्यो ।

बिराटनगर का लागि ओपनरद्रय पारस खड्का र अनिल कुमार शाह ले क्रमश १९ र १२ रन बनाएका थिए ।

बिराटनगर लाई जित नजिक पुर्याउन महत्त्वपूर्ण भुमिका निर्बाह गरेका बाबर ले उत्कृष्ट ब्याटिङ गर्ने क्रम मा ९० रनको पारी खेले । यस्तै आसिफ सेख ले ४० तथा करन केसि २४ रन मा अबिजित रहे ।

बलिग तर्फ चितवन का लागि ललित भन्डारी ले सर्बाधिक ४ बिकेट लिए भने सागर ढकाल ले ३ बिकेट लिन सफल भए ।

यस अघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा आज बिराटनगर ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गर्ने उत्रिएको पृथु बास्कोटा को चितवन टाईगर्स ले निर्धारित २० ओवर पुरै खेल्दै ४ बिकेट गुमाएर १ सय ९६ रन खडा गरेको थियो ।

सुरुवाती देखि नै राम्रो सुरुवात गरेको चितवन का लागि पाहुल स्टलिङ र सन्दिप सुनार बिच ओपनिग पहिलो बिकेट का लागि ४४ रनको साझेदारी गरेका थिए ।

सन्दिप पहिलो बिकेट् का रुपमा ३० रन मा पभेलियन फर्किएका थिए । यसपछि अर्का ओपनर पाहुल स्टेलिङ लाई टिमको स्कोर ९६ रन हुँदा ले १५ रन बनाएपछि आउट हुन पुगे ।

यसपछि ईङ्ल्यान्ड का जोन सिमसोन र दीपेन्द्र सिँह एरि बिच राम्रो साझेदारी हुन पुग्यो । तेस्रो बिकेट का लागि यी दुई बिच ६९ रन को साझेदारी हुन पुगेको थियो ।

तेस्रो बिकेट का लागि चितवन ले दीपेन्द्र सिँह एरि लाई गुमाएको थियो । २२ बलको सामना गरेका उनले ३२ रनको पारि खेले । यसपछि जोन सिमसोन ले ईनिग कै सर्बाधिक पारि खेल्ने क्रम मा ७८ रनको पारी खेले ४४ बलको सामना गरेका उनले ६ चौका र ५ छ्क्का प्रहार गरे । यस्तै स्कट ले अबिजित २४ रनको योगदान टिम लाई गरे ।

बलिग तर्फ बिराटनगर का लागि कप्तान पारस खडका , वसन्त रेग्मी, करन केसि र रोलेफ ले समान १/१ बिकेट लिएका थिए ।

यसअघि लगातार ३ खेल मा पराजित भएको चितवन ले प्रतियोगिता मा रहि रहने झिनो आशा जिवित राख्न आज को खेल मा स्पष्ट जित हासिल गर्नु पर्ने थियो र नतिजा चितवन ले आफ्नो पक्षमा मा पारे पछि प्ले अफ को समीकरण रोचक वनेको छ ।

पारस खड्का को कप्तानी मा रहेको साबित को बिजेता बिराटनगर ले यसअघि का ३ खेल मध्य १ हार र २ जित निकाली सकेको छ ।

लिग चरण प्रत्येक टिम ले एक अर्का सगँ ५ खेल खेल्नेछ्न , यहाँ बाट अंकतालिका मा पहिलो र दोस्रो हुने ले पुस ३ गते पहिलो क्वालिफायर खेल खेल्नेछ्न । यहाँ बाट बिजयी टोलि सिदै प्रतियोगिता को फाईनल पुग्नेछ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पुस ४ गते एलिमिनेटर खेल खेल्नेछ्न । यसको बिजयि टोलि र पहिलो क्वालिफायर मा पराजित टोलि बिच पुस ५ गते दोस्रो क्वालिफायर खेल हुनेछ , बिजयी टोलि फाईनल पुग्नेछ ।

प्रतियोगिता को फाईनल पुस ७ गते सनिवार का दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *