ईपिएल को प्ले अफ मा पुग्ने पहिलो टोलि बन्यो भैरहवा
मङ्सिर २६ , अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत बिराटनगर र भैरहवा बिच भएको आजको पहिलो खेल मा भैरहवा ४ बिकेट ले बिजयी भएको छ ।
९२ रनको सामान्य बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ मा उत्रिएको शरद भेषावकर को कप्तानी मा रहेको भैरहवा ले उक्त बिजयी लक्ष्य १९.४ ओवर मा ६ बिकेट गुमाएर भेटायो ।
भैरहवा लाई लगातार तेस्रो जित दिलाउन ओपनर द्रय प्रदिप एरि ले १० तथा कुशाल मल्ल ले ७ रन बनाए । यस्तै रबिईन्दर सिँह ले १२ रन , नेदरल्यान्ड का रायन टेन ले २० रनको योगदान गरे भने कप्तान शरद भेषावकर ले पनि १६ रनको पारी खेले ।
ईनिग लाई अन्तिम सम्म पुर्याएका बिराटनगर का लागि बलिग तर्फ नेदरल्यान्ड का रोफेल ले २ तथा पाहुल भान , वसन्त रेग्मी , रोबिन क्षेत्री र करन केसि ले समान १/१ बिकेट लिए ।
यसअघि आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स जितेर भैरहवा ले बिराटनगर लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो । ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रम मा बिराटनगर ले १८.४ ओवर मा अलआउट हुँदै मात्र ९१ रन बनाएको थियो ।
बिराटनगरको खराब सुरुवात आज पनि देखियो टिमको स्कोर २० रन हुँदा सुरुवाती ४ ब्याट्सम्यान लाई बिराटनगर ले गुमाएको थियो । पारश खड्का , अनिल कुमार शाह र बावर हायत ले क्रमश : १,४, ६ रन बनाए भने आसिफ शेख ले खाता खोल्न समेत सकेनन । जारी प्रतियोगिता मा डिफेन्डिङ च्याम्पियन ले ब्याटिङ मा संतोषजनक प्रद्सन गर्दै आएको भने छैन ।
सुरुवाती ४ ब्याट्सम्यान लाई सस्तै मा गुमाएको बिराटनगर का लागि रोलेफ ले २५ रन , सुमित महर्जन ले १५ रन , करन केसि ले १८ तथा हरि चौहान ले अबिजित १३ रन को योगदान दिदै स्कोर लाई तन्काएका थिए ।
निकै कसिलो बलिग गरेको भैरहवा का लागि युएई का मोहम्मद नाबेद् ले सर्बाधिक ४ बिकेट लिए , यस्तै कृष्ण कार्की ले २ तथा रायन टेन र अभिनाश बोहरा ले समान १/१ बिकेट लिए ।
भैरहवा को यो सहित जारी लिग मा लगातार तेस्रो जित हो भने । डिफेन्डिङ च्याम्पियन बिराटनगर को यो पहिलो हार हो । आज को जित सगैँ अंकतालिका मा ६ अंकसहित प्रतियोगिता को प्ले अफ मा स्थान बनाउने भैरहवा पहिलो टोलि बनेको छ । हाल भैरहवा अंकतालिका को शिषस्थान मा पनि रहेको छ ।
यसअघि का सुरुका दुई खेल मा भैरहवा र बिराटनगर दुबै ले जित हासिल गरेका थिए । भैरहवा ले पहिलो खेल मा पोखरा लाई ४ बिकेट ले पराजित गरेको थियो भने दोस्रो खेल मा चितवन लाई १२ रनले पराजित गरेको थियो ।
यस्तै बिराटनगर ले पनि सुरुवाती लगातार दुई खेल मा जित निकालि सकेको थियो ।पहिलो खेल मा ललितपुर लाई ३ बिकेट ले पराजित गरेको बिराटनगर ले दोस्रो मा पोखरा लाई सुपर ओवर मा ७ रनले पराजित गरेको थियो ।