onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ईपिएल क्रीकेट : आज बुधबार पनि दुई खेल हुँदै

मङ्सिर २६ , अनलाईन खेलखबर || किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत आज बुधबार पनि दुई खेल हुनेछ्न ।

प्रतियोगिता को पाचौं दिनको पहिलो खेल मा सरद भेषावकर को टिम भैरहवा ले पारस खड्का को टिम बिराटनगर सगँ खेल्नेछ । जुन खेल बिहान ९ बजेपछी सुरु हुनेछ ।

यस्तै दिनको दोस्रो खेल मा दिउँसो १ बजेपछी सोमपाल कामी को टिम काठमाडौ किग्स ११ ले ज्ञानेन्द्र मल्ल को कप्तानी मा रहेको ललितपुर को सामना गर्नेछ ।

भैरहवा र बिराटनगर ले जारी प्रतियोगिता मा सुरुका दुई खेल जितिसकेका छन । भैरहवा ले पहिलो खेल मा पोखरा लाई ४ बिकेट ले पराजित गरेको थियो भने दोस्रो खेल मा चितवन लाई १२ रनले पराजित गरेको थियो ।

यस्तै बिराटनगर ले सुरुवाती लगातार दुई खेल मा जित निकालिसकेको छ ।पहिलो खेल मा ललितपुर लाई ३ बिकेट ले पराजित गरेको बिराटनगर ले दोस्रो मा पोखरा लाई सुपर ओवर मा ७ रनले पराजित गरेको थियो ।

काठमाडौ ले अहिले सम्म एक खेल मात्र खेलेको छ , जसमा चितवन लाई ६ बिकेट ले पराजित गरेको थियो । यस्तै ललितपुर ले ३ खेल खेल्दा २ मा जित र १ मा हार ब्यहोरेको छ ।

हाल सम्म अंकतालिका मा ४ अंक सहित ललितपुर नै शीर्षस्थान मा छ । यस्तै दोस्रो मा बिराटनगर रहेको छ , तेस्रो मा भैरहवा , चौथो मा काठमाडौ , पाचौ मा चितवन र अन्तिम मा पोखरा राईनोज रहेको छ ।

पुस ७ गते सम्म चल्ने प्रतियोगिता लाई एपिवान टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न सकिने छ । यस्तै अनलाईन नेपालफ्लिक्स का माध्यम बाट संसार भर हेर्न सकिनेछ । पछिल्लो समय
नेपालफ्लिक्स ले आफ्नो युटुभ च्यानल बाट पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *