onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल मा भैरहवा को लगातार दोस्रो जित : चितवन को प्ले अफ पुग्ने सम्भावना कठिन

मङ्सिर २५ , अनलाईन खेलखबर || ईपिएल अन्तर्गत भैरहवा ग्लाडियटर्स र चितवन टाईगर्स बिच भएको खेल मा भैरहवा १२ रनले बिजयी भएको छ ।

प्रतियोगिता को सातौ तथा चौथो दिनको दोस्रो खेल मा आज किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स हारेर पहिले भैरहवा ले ब्याटिङ गरेको थियो ।

जसअनुसार भैरहवा १९.३ ओवर मा अलआउट हुँदै १ सय ४३ रन बनाएको थियो । भैरहवा का लागि नेदरल्यान्ड का रायन टेन ले सर्बाधिक ३५ रनको पारी खेले । यस्तै प्रदिप एरि ले २६ रन , रवि ईन्दर सिँह ले २५ रन आरिफ शेख ले १८ रनको योगदान टिम लाई गरेका थिए ।

बलिग तर्फ चितवन का लागि सागर ढकाल ले सर्बाधिक ३ बिकेट लिए । ४ ओवर बलिग गर्दै २७ रन मात्र खर्चिएका थिए । यस्तै स्कट ले २ तथा पाहुल स्टेलिङ , दिपेन्द्र सिँह एरि र ललित भन्डारी ले समान १/१ बिकेट लिए ।

यसपछि १ सय ४४ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको चितवन ले निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेट गुमाएर १ सय ३१ रनमा समिटिएपछी नतिजा भैरहवा को पक्ष मा गयो ।

सुरुवात चितवन ले राम्रो गरेपनी पछि टिम सम्हालिन नसक्दा चितवन ले भैरहवा सगँ पनि निराश हुनु पर्यो । ओपनर पाहुल स्टलिङ र सन्दिप सुनार बिच पहिलो बिकेट का लागि ४९ रनको साझेदारी भएपनि पहिलो बिकेट को रुपमा सन्दिप लाई ९ रन मा गुमाएपछि चितवन को बिकेट पतन को सिलसिला सुरु भयो । यसपछि लगत्तै पाहुल स्टेलिङ पनि ब्यक्तिगत ३८ रन मा पभेलियन फर्किएपछी टिम का जोन सिमसोन ले २६ रन , दिलिप नाथ ले १२ रन र साहव आलम ले १६ रन बनाउनु बाहेक बाकी का ब्याट्सम्यान ले दोहोरो अंक जोडन असफल भए पछि टिम निराश हुन पुग्यो ।

बलिग मा राम्रो कमब्याक गरेको भैरहवा का लागि कप्तान शरद भेषावकर र रवि ईन्दर सिँह ले समान २/२ बिकेट लिए भने अभिनाश बोहरा , भुवन कार्की र रायन टेन ले पनि १/१ बिकेट लिन सफल भए ।

जारी प्रतियोगिता मा यो भैरहवा को लगातार दोस्रो जित हो । यसअघि पोखरा राईनोज माथी ४ बिकेट ले बिजयी भएको थियो ।

यता चितवन को यो लगातार तेस्रो हार हो । चितवन यसअघि ललितपुर सगँ ११ रनले पराजित भएको थियो भने दोस्रो खेल मा काठमाडौ सगँ ६ बिकेट ले पराजित भएको थियो । लगातार तेस्रो हार ब्यहोरेपछी चितवन को प्ले अफ पुग्ने सम्भावना कठिन बन्न पुगेको छ ।

अब प्रतियोगिता मा भोलि बुधबार पनि दुई खेल हुनेछ्न । पहिलो बिहान ९ बजेपछी भैरहवा ले बिराटनगर को सामना गर्नेछ । भने दिनको दोस्रो खेल मा १ बजेपछी काठमाडौ ले ललितपुर सगँ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्