आज मङ्गलवार पनि ईपिएल मा २ खेल हुँदै : पोखरा र चितवन लाई जित्नैपर्ने दवाव

आज मङ्गलवार पनि ईपिएल मा २ खेल हुँदै : पोखरा र चितवन लाई जित्नैपर्ने दवाव

मङ्सिर २५ , अनलाईन खेलखबर || मङ्सिर २२ गते देखि टियु अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा सुरु भएको नेपाली घरेलु क्रीकेट मा सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत आज मङ्गलबार पनि दुई खेल हुनेछ्न ।

प्रतियोगिता को चौथो दिन मङगलबार आज पहिलो खेल मा डिफेन्डिङ च्याम्पियन बिराटनगर वारियर्स ले पोखरा राईनोज को बिहान ९ बजेपछी सामना गर्नेछ , यस्तै आज को दोस्रो खेल मा चितवन टाईगर्स ले भैरहवा को सामना गर्नेछ । जुन खेल १ बजेपछी हुनेछ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको बिराटनगर जसको कप्तानी पारस खड्का ले गर्दै आएका छ्न । यसअघि १ खेल खेलिसकेको विराटनगर ले पहिलो खेल मै बिजयी सुरुवात गरेको छ । प्रतियोगिता को उद्घाटन खेल मा ललितपुर लाई बिराटनगर ले ३ बिकेट ले पराजित गरेको थियो ।

भने पोखरा राईनोज को यसअघि लगातार २ खेल मा पराजित भएको छ , यदि प्रतियोगिता मा रहि रहन आजको खेल पोखरा का लागि निकै महत्त्वपूर्ण रहेको छ । ब्याटिङ धेरै राम्रो देखिए पनि बलिग मा कमजोर प्रदशन हुन पुग्दा यश अघि ठुलो स्कोर खडा गरेपनी पोखरा हार ब्यहोर्न बाध्य हुँदै आएको छ ।

फाईल फोटो

यता चितवन टाईगर्स पनि यसअघि का दुई खेल मा पराजित भईसकेको अबस्था छ । भने भैरहवा ले अघिल्लो खेलमा पोखरा लाई ४ बिकेट ले पराजित गर्दै प्रतियोगिता मा सुखद सुरुवात गरेको छ ।

अहिले अंकतालिका मा ललितपुर शिर्षस्थान मा छ , भने दोस्रो तेस्रो चौथो , पाचौ र छठौँ क्रमश काठमाडौ , बिराटनगर , भैरहवा , चितवन् र पोखरा रहेका छ्न ।

पुस ७ गते सम्म चल्ने प्रतियोगिता लाई एपिवान टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न सकिने छ । यस्तै अनलाईन नेपालफ्लिक्स का माध्यम बाट संसार भर हेर्न सकिनेछ । पछिल्लो समय
नेपालफ्लिक्स ले आफ्नो युटुभ च्यानल बाट पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *