onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सरुन भट्ट बने ईपिएल का भाग्यमानी पहिलो दर्शक : पाए ५० हजार नगद

मङ्सिर २४ , अनलाईन खेलखबर || त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा एक जना दर्शक ५० हजार प्राप्त गर्ने पहिलो भाग्यमानी दर्शक भएका छ्न ।

क्रीकेट मा असम्भव त होईन तर निकै कम मात्र हुने हुन्छ यस्तो कुनै पनि खेलाडी ले प्रहार गरेको बल मैदान बाहिर खेल हेर्न बसेका कुनै एक दर्शक ले क्याच गर्ने त्यो पनि एक हात ले तर ईपिएल को दौरान आईतवार अपत्यारिलो जस्तो लाग्ने त्यो हुन पुग्यो ।

ती थिए खेल हेर्न आएका एक दर्शक सरुन भट्ट मैदान मा भैरहवा र पोखरा राईनोज को खेल जारी थियो ।

पहिले टस जितेर ब्याटिङ गरेको पोखरा का लागि रिचार्ड लेभी ले प्रहार गरेको छक्का दर्शक सामु पुग्दा त्यहा रहेका सरुन भट्ट ले एक हात ले क्याच गर्न सफल भए र उनको खुशी को सिमा रहेन लाईभ टेलिभिजन मा पनि देख्न सकिन्थ्यो , र नहोस पनि किन उनले पाउदै थिए नगद ५० हजार तर त्यहाँ दर्शक को उपस्थिति बाक्लो भएको हुँदा सिधाँ आयोजक ले ठ्म्याउन सकेनन र भिडियो को साहारा लिएका थिए ।

भिडियो फुटेज मा उनको क्याच प्रमाणित भएपछि आयोजक द्रारा उनलाई नगद ५० हजार आज प्रदान गरिएको छ ।

ईपिएल आयोजक ईपिएल प्राली ले खेल हेर्न आउने दर्शक ले ब्याट्सम्यान बाट आएको बल एक हात ले क्याच गरेको खन्ड मा ५० हजार प्रदान गर्ने ब्यबस्था गरेको छ । यो ब्यबस्था को पहिलो लाभ उठाउने सरुन भट्ट पहिलो ब्यक्ति बनेका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *