कोल्सावाला र गौरभ तोमर ले बिस्पोटक ब्याटिङ गरेपछी पोखरा माथी ललितपुर को शानदार जित
मङ्सिर २४ , अनलाईन खेलखबर || टियु क्रीकेट मैदान मा जारी एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत ललितपुर प्याट्रियट्स र पोखरा राईनोज बिच भएको खेल मा ललितपुर ८ बिकेट ले बिजयी भएको छ ।
प्रतियोगिता को तेस्रो दिनको दोस्रो खेल मा आज ट्स जितेर पहिले पोखरा ले ब्याटिङ गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ४ बिकेट को क्षतिमा १ सय ६६ रनको योगफल खडा गरेको थियो । जारी ईपिएल मा बिदेशी खेलाडी को सुचिमा सबैभन्दा ठूलो अनुसार मध्य का एक दक्षीण अफ़्रिका रिचार्ड लेभी को धमाकेदार ब्याटिङ को मद्द्त मा पोखरा ले ठूलो स्कोर खडा गर्न सफल भएको हो ।
छ्ल्का को बर्षात भएको ईनिग मा उनले ३ चौका र ९ छ्क्का प्रहार गर्दै ८४ रनको पारी खेले । यो जारी लिग मा लगातार दोस्रो उत्कृष्ट पारी हो , यसअघि आईतवार भएको भैरहवा विरुद्ध को खेल मा पनि उनले ७९ रनको पारी खेलेका थिए ।
अघिल्लो खेल झै यसपट्क पनि पहिलो बिकेट का लागि ठूलो साझेदारी भएको थियो । पहिलो बिकेट का रुपमा लेभी लाई गुमाएको पोखरा त्यस बेला सम्म ९७ रन बनाई सकेको थियो ।
यस्तै टिम का लागि कप्तान काइल कोएट्जर ले १९ रन , सुनिल धमला ले १० , पाहुल कोलिन ले १४ बनाए । भने बिनोद भन्डारी ३४ रन मा र राजेश पुलामी मगर २ रन मा अबिजित रहे ।
बलिग तर्फ ललितपुर का पवन सरार्फ ले ३ बिकेट लिएका थिए ।
यसपछि १ सय ६७ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको ज्ञानेन्द्र मल्ल को कप्तानी मा रहेको ललितपुर ले उक्त बिजयी लक्ष्य १५.५ ओवर मा मात्र २ बिकेट गुमाएर भेटायो ।
ओपनर्द्रय जयकिशन कोल्सावाला र गौरभ तोमर ले धुवाधार ब्याटिङ गरेपछी ललितपुर ले सहज जित निकाल्यो । निकै राम्रो लय मा देखिएका यी दुई ब्याट्सम्यान ले पोखरा का बलर लाई निकै कसरत गराए ।
टिमको स्कोर १ सय २९ हुँदा पहिलो बिकेट को रुपमा जयकिशन कोल्सावाला लाई ब्यक्तिगत ५१ रनको गुमाएको थियो । यस्तै उत्कृष्ट ब्याटिङ गर्ने क्रम मा गौरभ तोमर ले ८२ रनको पारी खेले ४१ बलको सामना गरेका उनले ४ चौका र ८ छ्क्का प्रहार गरे ।
यस्तै ललितपुर का शनि पटेल २० रन तथा सोनु तामाङ ११ रन मा अबिजित रह्दै टिम लाई शानदार जित दिलाए ।
बलिग तर्फ पोखरा का लागि सुशन भारी र पाहुल कोग्लिन ले समान १/१ बिकेट् लिए ।
जारी प्रतियोगिता मा आज सहित ३ खेल खेलीसकेको ललितपुर ले २ मा जित र १ मा हार सहित अंकतालिका को शीर्षस्थान मा रहेको छ । यता पोखरा को यो लगातार दोस्रो हार हो यसअघि पहिलो खेल मा भैरहवा सगँ ४ बिकेट ले पराजित भएको थियो ।
अब प्रतियोगिता मा भोलि मङ्गलबार पनि दुई खेल हुनेछ्न । पहिलो ९ बजेपछी पारस खड्का को बिराटनगर वारियर्स ले पोखरा राईनोज को सामना गर्नेछ भने दोस्रो खेल चितवन र भैरहवा बिच १ बजेपछि हुनेछ ।