ईपिएल मा चितवन को लगातार दोस्रो हार : काठमाडौ किग्स को सुखद सुरुवात
मङ्सिर २४ , अनलाईन खेलखबर || घरेलु क्रीकेट को सबैभन्दा चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत चितवन टाईगर्स र काठमाडौ किग्स ईलाभेन बिच आज भएको खेल मा काठमाडौ ६ बिकेट ले बिजयी भएको छ ।
१ सय ६१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गरेको सोमपाल कामी कप्तानी रहेको काठमाडौ ले उक्त लक्ष्य १८.५ ओवर मा मात्र ४ बिकेट गुमाएर भेटायो ।
काठमाडौ लाई प्रतियोगिता को पहिलो खेल मा जिताउँन सुभमैनिम आनन्द ले सर्बाधिक ४३ रनको पारी खेले उनले १८ बलको सामना गर्दै १ चौका र ४ छ्क्का समेत प्रहार गरे । यस्तै काठमाडौ का लागि अमित श्रेष्ठ ले १८ रन , सागर पुन ले ३९ रन , केभिन ले ९ रन , नरेश बुढायर ले २२ रन र अमर सिँह रौटेला ले २१ रनमा अबिहित रहे ।
बलिग तर्फ चितवन का लागि शाहव आलम ले २ तथा पाहुल स्टलिङ र ललित भन्डारी ले समान १/१ बिकेट लिन सफल भए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा ट्स जितेर काठमाडौ ले चितवन लाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो ।
ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रम मा चितवन ले १९.५ ओवर मा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो ।
सुरुवात राम्रो गरेको चितवन ले पहिलो बिकेट का लागि ओपनिग ५३ रनको साझेदारी गरेको थियो । टिमले पहिलो बिकेट का लागि ४.१ ओवर मा भरपर्दा ब्याट्सम्यान पाहुल स्टलिङ लाई ब्यक्तिगत ३४ रन मा गुमाएको थियो । यसपछि चितवन का लागि सन्दिप सुनार ले २५ रन तथा दीपेन्द्र सिँह एरि ले ४५ रनको पारी खेले । दीपेन्द्र को पारी ईनिग को सर्बाधिक हुन पुग्यो । यस्तै कप्तान पृथु बास्कोटा २० रन मा अबिजित रहे ।
बलिग तर्फ काठमाडौ का लागि प्रदिप साहु र सम्साद शेख ले समान ३/३ बिकेट लिए भने सागर पुन , केभिन ओब्राईन र अमर सिँह रौटेला ले पनि १/१ बिकेट लिन सफल भए ।
जारी प्रतियोगिता मा चितवन् को यो दोस्रो हार हो । यसअघि पनि पहिलो खेलमा ललितपुर सगँ चितवन ११ रनले पराजित भएको थियो । यता काठमाडौ ले प्रतियोगिता मा पहिलो खेल बाटै खुखद सुरुवात गरेको छ ।
यो पछि प्रतियोगिता को तेस्रो दिनको दोस्रो खेल मा १ बजेपछि पोखरा र ललितपुर भिडने छ्न । ललितपुर प्रतियोगिता मा दोस्रो जित को खोजु मा हुनेछ भने पोखरा पहिलो जितको खोजी मा रहने छ ।