आईपिएल खेल्न सन्दिप दिल्ली प्रस्थांन ।

आईपिएल खेल्न सन्दिप दिल्ली प्रस्थांन ।

चैत्र १३ , अनलाईन खेलखबर || अप्रिल ७ देखि हुने बिश्वकै सर्बाधिक ठूलो ब्याबसायिक क्रीकेट लिगँको यस संस्करण मा खेल्न नेपाल का स्टार युवा लेग स्पिनर सन्दिप लामिछाने दिल्ली तर्फ मङ्गलबार प्रस्थान गरेका हुन ।

आईपिएल टिम दिल्ली डेयरडेभिल्स ले भारु २० लाख रुपिए मा उनलाई अक्सन मार्फत अनुबन्धित गरेको थियो । अनुबन्धित भए सगैं सन्दिप आईपिएल खेल्ने पहिलो खेलाडी समेत हुन पुगेका थिए ।

दिल्ली प्रस्थान गर्नु अघि सोमबार काठमाडौ मा पत्रकार सम्मेलन समेत गरेका सन्दिप ले भनेका थिए । “आफ्नो लागि नयाँ अध्याय भएको बताउँदै आफुले खेले पनि नखेलेपनि दिल्लीको जित हेर्न चाहेको बताएका थिए।

‘यो मेरो क्रिकेट करियरको सबैभन्दा ठुलो प्लेटफर्म हुनेछ । मैले आफुलाई प्रमाणित गर्ने उत्कृष्ट मौका पाएको छु । एक्साइटेड छु ।’ सन्दिपले भने, ‘यो मेरो लागि मात्र होइन नेपाली क्रिकेटको लागि पनि नयाँ अध्यायको सुरुवात हुनेछ । मैले यहाँ सिकेको कुरा नेपाली टिमको लागि प्रयोग गर्नेछु ।’

अर्काे प्रसङ्गमा सन्दिपले ‘हार्ड वर्क’ र भाग्यले पनि आफुलाई साथ दिएको बताए । ‘मलाई भाग्यले मात्र ‘फेवर’ गरेको भन्न मिल्दैन । मैले त्यही अनुसार पनि प्रशिक्षण गरेको छु । सजिलै तरिकाले राष्ट्रिय टिमको क्याम्पमा भने पर्न सफल भएको हुँ ।’ सन्दिपले भने, ‘हार्ड वर्क र भाग्यले एकपटक साथ दिएर भाग्य ले साथ दिएको जस्तो देखिएको हो । मैले नेपालको लागि नखेलेको भए यहाँ सम्म आइपुग्ने थिइनँ ।’

१७ वर्षीय सन्दिप दुई वर्षअघि तत्कालिन राष्ट्रिय टिमको प्रशिक्षक पूबुदु दाशानायकेको नजरमा पर्दै सोझै राष्ट्रिय टिमको क्याम्पमा सामेल हुन पाएका थिए । त्यसयता उनी राष्ट्रिय क्रिकेट टिमको मुख्य सदस्यको रुपमा स्थापित भइसकेका छन् । यता एसोसिएट देशबाट यो संस्करण को आइपिएल खेल्ने सन्दिप एक्लो खेलाडी हुन् ।

केही दिन अगाडि होटेल अन्नपूर्ण एक कार्यक्रम आयोजित गरि दिल्लि को टिम ले सन्दिप् लाई टिमको जर्सी हस्तान्तरण गरेको थियो । आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजिनिक गरेका थिए । उनलाई जर्सी नब्बर १ दिईएको छ ।

सन्दिप लाई जर्सी हस्तान्तरण गर्न दिल्ली डेयर डिभल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवासहितको टिम काठमाडौँ आएको थियो ।

अब सन्दिप ले आफ्नो अभ्यास २९ मार्च देखि गर्ने छ्न । गौतम गम्बिर को कप्तानी रहेको दिल्ली मा प्रशिक्षण रिकी पोंटिंगले गर्नेछन्। टिममा ग्लेन म्याक्सबेल , ट्रेन्ट बोल्ड, अमित मिश्रा, मोहम्मद शामी, ड्यान क्रिस्टिएन, क्रिस मोरिस जस्ता हस्ती खेलाडीहरु रहेका छन् ।

फोटो सौजन्य : छुबी लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *