पोखरा ले जारी ईपिएल मा अहिले सम्म कै ठूलो बिजयी लक्ष्य प्रस्तुत : तीन ब्याट्सम्यान को  धुवाधार ब्याटिङ

पोखरा ले जारी ईपिएल मा अहिले सम्म कै ठूलो बिजयी लक्ष्य प्रस्तुत : तीन ब्याट्सम्यान को धुवाधार ब्याटिङ

मङ्सिर २३ , अनलाईन खेलखबर || सनिवार देखि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत अहिले भैरहवा ग्ल्याडीयटर्स र पोखरा राईनोज बिच प्रतिस्पर्धा भईरहेको छ ।

प्रतियोगिता को तेस्रो अर्थात दोस्रो दिनको दोस्रो खेल मा पोखरा राईनोज ले ट्स जितेर पहिले ब्याटिङ गरेको थियो । जसअनुसार पोखरा ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर २ सय १५ रन बनाएको छ ।

ओपनर दुई बिदेशी खेलाडी मय बनेको ईनिग मा ओपनर तथा टिम कप्तान काइल कोएट्जर र दक्षिण अफ्रिका का रिचार्ड लेभी ले सतकिय १०४ रनको साझेदारी गर्दै टिम लाई धेरै राम्रो सुरुवात दिलाएका थिए ।

रिचार्ड ले ३६ बलको सामना गर्दै आक्रमक ब्याटिङ गर्ने क्रम मा ७९ रनको पारी खेलेका थिए । उनले ७ चौका र ७ छ्क्का प्रहार गरे ।

पहिलो बिकेट गुमाएपछि दोस्रो बिकेट का लागि पनि सुनिल धमला र काइल बिच पनि ७२ रनको साझेदारी भएको थियो । काइल ले ४७ रनको योगदान गर्दा सुनिल ले ३८ रनको पारी खेल्दै टिम लाई प्रतियोगिता को हाल सम्मै कै ठूलो स्कोर तर्फ लगेका थिए ।

यस्तै पोखरा का लागि पल कोलिन ले २० र सौरभ खनाल ७ रनमा अबिजित रहे ।

बलिग तर्फ भैरहवा का लागि अबिनास बोहरा , कृण कार्की , पुनित मेहरा र रायन टेन ले समान १/१ बिकेट लिए ।

अब २ सय १६ रनको विशाल बिजयी लक्ष्य पछ्याउदै भैरहवा ले जवाफी ब्याटिङ गर्नेछ ।

करिव १५ दिन सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा भईरहेको ईपिएल का सम्पुर्ण खेलहरु एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मा नेपालफ्लिक्स मार्फत संसार भर हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *