जारी ईपिएल मा ज्ञानेन्द्र मल्ल को कप्तानी मा रहेको ललितपुर को पहिलो जित
मङ्सिर २३ , अनलाईन खेलखबर || सनिवार देखि सुरु भएको एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत ललितपुर र चितबन बिच भएको आजको पहिलो खेल मा ललितपुर ११ रनले बिजयी भएको छ ।
१ सय ४४ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ मा उत्रिएको चितवन टाईगर्स निर्धारित २० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर १ सय ३२ रनमा समिटिए पछि नतिजा ललितपुर को पक्ष मा गएको हो ।
चितवन का लागि दिपेन्द्र सिँह एरि ले सर्बाधिक ४१ रन र कप्तान पृथु बास्कोटा ले २६ रन बनाउनु बाहेक अन्य ले उल्लेख्य योगदान गर्न नसकेपछी , जित नजिक पुगेपनि चितवन ले जित निकाल्न असफल भयो ।
बलिग तर्फ ललितपुर का लागि सन्दिप लामिछाने ले सर्बाधिक ३ बिकेट लिए , ४ ओवर बलिग गरेका उनले २६ रन खर्चिएका थिए । यस्तै शनि पटेल ले २ बिकेट लिए भने गौरभ तोमर र ललित राजबन्शि ले १/१ बिकेट लिए ।
यस्तै ललितपुर प्याट्रियट्स का महत्त्वपूर्ण खेलाडी तथा ग्लोबल आईकन सन्दिप लामिछाने ले ईपिएल को अब का बाकी खेल गुमाउने छ्न । अब उनी अस्टेलिया को ठूलो लिग बिग बाँस खेल्न अस्टेलिया प्रस्थान गर्नेछ्न । बिग बास आउदो डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म चल्नेछ ।
जारी लिग मा मात्र दुई खेल खेलेका सन्दिप ले पहिलो खेल बिराटनगर बिरुद पनि राम्रो बलिग गरेका थिए । ४ ओवर बलिग गरेका उनले १२ रन खर्चिएर २ बिकेट लिएका थिए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स जितेर ललितपुर ले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्ने क्रम मा ललितपुर ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।
ललितपुर का लागि ओपनरद्रय जयकिशन कोल्सावाला र कुशल भुर्तेल ले क्रमश २० र ३ रन को योगदान गरे । भने गौरभ तोमर ले ३० , शनि पटेल ले १९ रनको पारी खेले ।
यस्तै टिमको स्कोर उकास्न अन्तिम मा सोनु तामाङ र सन्दिप जोरा ले महत्त्वपूर्ण पारी खेले । सोनु ले ३५ मा अबिजित रहे भने सन्दिप पनि २५ रन मा अबिजित रहे ।
बलिग तर्फ चितवन का लागि स्कट ले २ तथा पाहुल स्टेलिङ , कमल सिँह एरि र ललित भन्डारी ले समान १/१ बिकेट लिए ।
करिव १५ दिन सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।
त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने सम्पुर्ण खेल लाई एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मा नेपालफ्लिक्स मार्फत संसार भर हेर्न सकिने छ ।
यो पछि प्रतियोगिता को दोस्रो दिनको दोस्रो खेल मा भैरहवा ले पोखरा को सामना गर्नेछ ।