ललितपुर द्रारा चितवन सामु १४४ रनको बिजयी लक्ष्य प्रस्तुत
मङ्सिर २३ , अनलाईन खेलखबर || सनिवार देखि सुरु भएको एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत अहिले दोस्रो दिनको पहिलो खेल मा ललितपुर र चितवन् टाईगर्स बिच प्रतिस्पर्धा भईरहेको छ ।
आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा ट्स जितेर ललितपुर ले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्ने क्रम मा ललितपुर ले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ४३ रन बनाएको छ ।
ललितपुर का लागि ओपनरद्रय जयकिशन कोल्सावाला र कुशल भुर्तेल ले क्रमश २० र ३ रन को योगदान गरे । भने गौरभ तोमर ले ३० , शनि पटेल ले १९ रनको पारी खेले ।
यस्तै टिमको स्कोर उकास्न अन्तिम मा सोनु तामाङ र सन्दिप जोरा ले महत्त्वपूर्ण पारी खेले । सोनु ले ३५ मा अबिजित रहे भने सन्दिप पनि २५ रन मा अबिजित रहे ।
बलिग तर्फ चितवन का लागि स्कट ले २ तथा पाहुल स्टेलिङ , कमल सिँह एरि र ललित भन्डारी ले समान १/१ बिकेट लिए ।
अब लगत्तै चितवन ले १सय ४४ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्नेछ ।
करिव १५ दिन सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।
त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने सम्पुर्ण खेल लाई एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मा नेपालफ्लिक्स मार्फत संसार भर हेर्न सकिने छ ।