ललितपुर र चितवन को खेल सुरु : ललितपुर ले पहिले ब्याटिङ गर्दै

ललितपुर र चितवन को खेल सुरु : ललितपुर ले पहिले ब्याटिङ गर्दै

मङ्सिर २३ , अनलाईन खेलखबर || घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को दोस्रो दिनको पहिलो खेल सुरु भएको छ ।

प्रतियोगिता को दोस्रो खेल अर्थात आजको पहिलो खेल मा ज्ञानेन्द्र मल्लको कप्तानि मा रहेको ललितपुर ले पृथु बास्कोटा को चितवन् टाईगर्स सगँ सामना गरिरहेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर टस जितेर ललितपुर ले सुरुमा ब्याटिङ गर्नेछ ।

प्रतियोगिता को उद्घाटन खेल मा सनिवार ललितपुर बिराटनगर सगँ ३ बिकेट ले पराजित भएको हुँदा आज ललितपुर प्रतियोगिता मा पहिलो जित को खोजी मा रहनेछ । भने चितवन पनि प्रतियोगिता मा सुखद सुरुवात गर्न चाहन्छ ।

यता युवा लेग स्पिनर सन्दिप लामिछाने को जारी लिग मा आज अन्तिम खेल हुनेछ । चितवन विरुद्ध खेलेपछी उनी बिग बाँस खेल्न अस्टेलिया प्रस्थान गर्नेछ्न । बिग बास आउदो डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म चल्नेछ ।

करिव १५ दिन सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने सम्पुर्ण खेल लाई एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मा नेपालफ्लिक्स मार्फत संसार भर हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *