ईपिएल मा आज दुई खेल हुँदै : पहिलो मा ललितपुर ले चितवन को सामना गर्दा दोस्रो मा भैरहवा पोखरा सगँ भिड्ने
मङ्सिर २३ , अनलाईन खेलखबर || त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा जारी नेपाली घरेलु क्रीकेट को सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अन्तर्गत प्रतियोगिता को दोस्रो दिन दुई खेल हुनेछ्न ।
बिहान ९ बजेपछि सुरुहुने पहिलो खेल मा ललितपुर प्याट्रीएट्स ले चितवन टाईगर्स को सामना गर्नेछ । भने दोस्रो खेल मा १ बजेपछि भैरहवा ग्लाडीएटर्स ले पोखरा राईनोज को सामना गर्नेछ ।
जारी प्रतियोगिता मा ललितपुर को कप्तानी ज्ञानेन्द्र मल्ल ले गरेका छ्न भने चितवन टाईगर्स को पृथु बास्कोटा , भैरहवा को शरद भेषावकर र पोखरा को स्कटल्याण्ड का कायल कोटजर ले गरिरहेका छ्न ।
यसअघि प्रतियोगिता को उद्घाटन खेल मा ललितपुर बिराटनगर सगँ ३ बिकेट ले पराजित भएको हुँदा ललितपुर ले प्रतियोगिता मा पहिलो जित आज निकाल्न चाहन्छ भने अन्य टिमले पनि प्रतियोगिता मा राम्रो सुरुवात गर्न चाहन्छ्न ।
पुस ७ गते सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।
त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने सम्पुर्ण खेल लाई एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मार्फत नेपालफ्लिक्स को मोबाईल एप्स बाट संसार भर हेर्न सकिने छ ।
यस्तै खेल हेर्न खेल मैदान जाने दर्शक का लागि
डिजिपे एप्स मार्फत अनलाइन र प्रत्यक्ष मैदान मै गयर टिकेट लिन सकिने ब्यबस्था मिलाईएको छ । जसमा दुई किसिमको टिकट निर्धारण गरिएको छ । पहिलो १ सय रुपैया को जेनेरल टिकट र दोस्रो मा ५० रुपैया को बिद्यार्थी टिकट रहेको छ । बिद्यार्थी परिचय पत्र हुने ले यो सहुलियत सुबिधा प्राप्त गर्नेछ्न ।