onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दाङ – कपिलवस्तु महिला मैत्रीपुर्ण क्रीकेट सिरिज दाङ को पोल्टा मा

मङ्सिर २२, अनलाईन खेलखबर || दाङ क्रीकेट संघ को आयोजना मा भएको दाङ – कपिलवस्तु महिला मैत्रीपुर्ण क्रीकेट सिरिज लाई दाङ ले २-० ले आफ्नो पक्षमा पारेको छ ।

दुई दिने सिरिज को अन्तिम दिन आज सनिवार पनि दाङ ले पाहुना टोलि कपिलवस्तु को निर्भाना क्रीकेट एकेडमी लाई १ सय ३८ रनको विशाल अन्तर ले पराजित गरेको छ ।

दाङ घोराही स्थित गुलरिया क्रीकेट मैदान मा भएको खेल मा टस जितेर दाङ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गर्ने क्रममा दाङ ले निर्धारित २० ओवर पुरै खेल्दै ७ बिकेट गुमाएर २ सय रनको विशाल योगफल खडा गरेको थियो । दाङ का लागि लक्ष्मी चौधरी सर्बाधिक ले ३६ रनको पारी खेलिन । यस्तै नगीता पुन ले ३० रन मञ्जु चौधरी ले २३ रन र सरस्वती जीएम ले १९ रन को योगदान गरिन ।

यसपछि २ सय १ रनको ठूलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको निर्भाना क्रिकेट एकेडमी कपिलवस्तु १४ ओभर मा सबै बिकेट गुमाएर ६२ रन मै रोकियो र खेल दाङ ले ठुलो अन्तरले आफ्नो पक्ष मा पार्न सफल भयो ।

बलिग तर्फ दाङ कि रविना चौधरी र नगीता पुन ले समान ३/३ बिकेट लिए । यस्तै कमला जिएम , अनिता चौधरी र समीक्षा भण्डारी ले पनि १/१ बिकेट लिन सफल भए ।

आज भएको खेल मा दाङ कि नगिता पुन म्यान अफ द म्याच घोषित भईन ।

सिरिज अन्तर्गत शुक्रबार पनि दाङ ले निर्भाना क्रीकेट एकेडेमी लाई १ सय ६१ रन को विशाल अन्तरले पराजित गरेको थियो ।

सिरिज आफ्नो पक्ष मा पारेको दाङ क्रीकेट संघ ले शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उक्त पुरस्कार संघ कै सनत श्रेष्ठ र सुनिलराज भण्डारी ले प्रदान गरेका थिए ।

यस्तै सिरिज को समापन कार्यक्रम क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाको अध्यक्षता मा भएको थियो भने कार्यक्रममा वार्ड न. १७ का अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो  ।

यो मैत्रीपुर्ण सिरिज लाई आसन्न आठौ र्राष्ट्रिय खेलकुद प्रतियोगिता को तयारी को स्वरुप अन्तर्गत यो मैत्रीपुर्ण क्रीकेट सिरिज गरिएको बताईएको छ ।

दाङ को लमही क्रीकेट मैदान मा हुन गईरहेको आठौ र्राष्ट्रिय खेलकुद को महिला क्रीकेट प्रतियोगिता का लागि तयारी गरिरहेको महिला क्रीकेटर हरु लाई यो सिरिज ले राम्रो सहयोग पुग्ने बिश्वास गरिएको छ ।

दाङ आफै मा महिला क्रीकेट को राम्रो सम्भावना बोकेको जिल्ला मध्यको एक हो , पछिल्लो क्षेत्रीय महिला प्रतियोगिता मा २ पटक पहिलो स्थान हासील गरिसकेको अबस्था छ । यस्तै बिद्यालयस्तरिय र्राष्ट्रिय प्रतियोगिता मा पनि दोस्रो स्थान हासिल गरिसकेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *