ईपिएल को उद्घाटन खेल मा पारस खड्का को टोलि बिराटनगर बिजयी : रोमाञ्चक खेल मा ललितपुर ३ बिकेट ले पराजित
मङ्सिर २२ , अनलाईन खेलखबर || घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को उद्घाटन खेलमा बिराटनगर वारियर्स बिजयी भएको छ ।
प्रतियोगिता को उद्गघाट्न खेल मा डिफेन्डिङ च्याम्पियन पारस खडका को बिराटनगर ले ज्ञानेन्द्र मल्लको कप्तानि मा रहेको ललितपुर प्याट्रियट्स लाई ३ बिकेट ले पराजित गरेको हो ।
१ सय ५ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ मा उत्रिएको बिराटनगर ले १९. ५ ओवर मा ७ बिकेट गुमाएर बिजयि लक्ष्य भेटायो ।
ललितपुर ले उत्कृष्ट बलिग गरेपछि खेल अन्तिम सम्म पुग्दै रोमान्चित बनेको थियो ।
बिराटनगर का लागि अन्तिम मा जित का लागि १० रन को आबस्यकता रहेको थियो । र करन केसि ले उत्कृष्ट पारी खेल्दै टिम लाई पहिलो जित दिलाए ।
करन ले अबिजित ३६ रनको पारी खेले भने यस्तै बिराटनगर का लागि आशिफ शेख ले १९ रन , अनिल कुमार शाह ले ११ रन र कप्तान पारस खड्का ले ८ रनको योगदान गरेका थिए ।
बलिग तर्फ ललितपुर का लागि गौरभ तोमर ले सर्बाधिक ३ बिकेट र सन्दिप लामिछाने ले २ बिकेट हात पारे भने ललित राजबशी ले पनि १ बिकेट लिएका थिए ।
यसअघि ईपिएल को पहिलो खेल मा आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा टस जितेर ललितपुर ले पहिले ब्याटिङ गर्दै निर्धारण २० ओवर पुरै खेलेर ९ बिकेट को क्षतिमा १ सय ४ रनको योगफल खडा गरेको थियो
सुरुवाती केही महत्त्वपूर्ण बिकेट गुमाएपछि ललितपुर दवाव मा आएको थियो । ईनिग को १० ओवर को समाप्ति मा ४ बिकेट गुमाएर ४१ रन मात्र बनाए पछि टिम केही दबाब मा देखिएको थियो ।
ओपनर जयकिशन कोल्सावाला लाई मात्र ४ रनमा गुमाएपछि टिम को बिकेट पतन सुरु भएको थियो । यसपछि अर्का बिदेशी खेलाडी गौरभ तोमर लाई पनि टिम ले दोस्रो बिकेट का लागि सस्तै मा गुमायो उनले पनि निराशाजनक प्रदशन गर्दै मात्र ४ रन मा पभेलीयन फर्किएका थिए ।
यसपछि पवन सरार्फ ले १४ रन वनाए भने कुशल भुर्तेल शून्य रनमा आउट हुनपुगे ।
यसपछि भने कप्तान ज्ञानेन्द्र र शनि पटेल बिच ३४ रन साझेदारी हुन पुगेको थियो । शनि पाचौं बिकेट का लागि ब्यक्तिगत २० रन मा आउट हुन पुगे । र टिम का लागि कप्तान ज्ञानेन्द्र मल्ल ले उत्कृष्ट ४९ रनको पारी खेले ।
बलिग तर्फ बिराटनगर का लागि करन केसि र रोलेफ ले समान २ /२ बिकेट लिए भने वसन्त रेग्मी , समित पटेल र कप्तान पारस खड्का ले पनि १/१ बिकेट लिन सफल भए ।
पुस ७ गते सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।