ईपिएल को पहिलो खेल : ललितपुर द्रारा बिराटनगर का लागि सामान्य बिजयी चुनौती प्रस्तुत
मङ्सिर २२ , अनलाईन खेलखबर || घरेलु क्रीकेट प्रतियोगिता को सबैभन्दा चर्चित लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को उद्घाटन खेल अहिले जारी छ ।
प्रतियोगिता को उद्गघाट्न खेल मा डिफेन्डिङ च्याम्पियन पारस खडका को बिराटनगर ले ज्ञानेन्द्र मल्लको कप्तानि मा रहेको ललितपुर प्याट्रियट्स को सामना गरिरहेको छ ।
आज त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा टस जितेर ललितपुर ले पहिले ब्याटिङ गर्दै निर्धारण २० ओवर पुरै खेलेर ९ बिकेट को क्षतिमा १ सय ४ रनको योगफल खडा गरेको छ ।
सुरुवाती केही महत्त्वपूर्ण बिकेट गुमाएपछि टिम दवाव मा आएको थियो । ईनिग को १० ओवर को समाप्ति मा ४ बिकेट गुमाएर ४१ रन मात्र बनाए पछि टिम केही दबाब मा देखिएको थियो ।
ओपनर जयकिशन कोल्सावाला लाई मात्र ४ रनमा गुमाएपछि टिम को बिकेट पतन सुरु भएको थियो । यसपछि अर्का बिदेशी खेलाडी गौरभ तोमर लाई पनि टिम ले दोस्रो बिकेट का लागि सस्तै मा गुमायो उनले पनि निराशाजनक प्रदशन गर्दै मात्र ४ रन मा पभेलीयन फर्किए ।
यसपछि पवन सरार्फ ले १४ रन वनाए भने कुशल भुर्तेल शून्य रनमा आउट हुनपुगे ।
यसपछि भने कप्तान ज्ञानेन्द्र र शनि पटेल बिच ३४ रन साझेदारी हुन पुगेको थियो । शनि पाचौं बिकेट का लागि ब्यक्तिगत २० रन मा आउट हुन पुगे ।
र टिम का लागि कप्तान ज्ञानेन्द्र मल्ल ले उत्कृष्ट ४९ रनको पारी खेले ।
बलिग तर्फ बिराटनगर का लागि करन केसि र रोलेफ ले समान २ /२ बिकेट लिए भने वसन्त रेग्मी , समित पटेल र कप्तान पारस खड्का ले पनि १/१ बिकेट लिन सफल भए ।
यसपछि १ सय ५ रनको बिजयी लक्ष्य पछ्याउदै बिराटनगर ले जवाफी ब्याटिङ गर्नेछ ।
करिव १५ दिन सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।
त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने सम्पुर्ण खेल लाई एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मार्फत नेपालफ्लिक्स को मोबाईल एप्स बाट संसार भर हेर्न सकिने छ ।