onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रीकेट को मक्का भनेर चिनिने लर्ड्स क्रीकेट मैदान मा पुन : नेपाल लाई खेल्ने अबसर

चैत्र १३ , अनलाईन खेलखबर || क्रीकेट जगत को मक्का भनेर चिनिने ईङल्यान्ड स्थित लर्ड्स् क्रीकेट मैदान मा नेपाल ले पुन खेल्ने अबसर प्राप्त गरेको छ ।

जुलाईको अन्तमा नेपालले लर्डस्‌मा गई नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग खेल्ने भएको हो। विश्व प्रसिद्ध लर्डस् मैदान एमसीसीको स्वामित्वमा रहेको छ।

हिजो एमसिसि ले जारी गरेको बिग्यप्ती अनुसार जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच लर्डसमा त्रिकोणात्मक ट्वान्टी–२० शृंखला हुन लागेको हो ।

पहिलो खेल लन्डनमा स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ भने तेस्रो खेल दिउँसो ४:३० बजे हुने जानकारि गराएको छ ।

यस अगि पनि नेपाल पहिलो पटक २०१६ को जुलाईमा नेपालले लर्डस मा गएर एमसीसीसँग खेलेको थियो। लर्डसमा एसोसिएट राष्ट्रको त्यो पहिलो खेल थियो । जस मा नेपाल ले एतिहासिक जित हासिल गरेको थियो ।।

नेपाल र नेदरल्यान्ड एकदिवसीय मान्यता प्राप्त गरेको टिम हुन , जिम्बाबे मा भएको एकदिवसीय बिश्वकप छ्नोट प्रतियोगिता मा सहभागी भएर नेपाल ले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको छ जुन नेपाली क्रीकेट को हालसम्मकै ठूलो उपलब्धि हो । भने नेदरल्यान्ड बिश्व क्रीकेट लिगँ च्याम्पियन रहेको हुदा नेदरल्यान्ड ले पनि सन २०२२ सम्म का लागि एकदिवसीय मान्यता प्राप्त गरेको छ ।

लर्ड्स मा खेल्न पाउने भए पछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले लर्डमा खेल्न पाउने खबरले निकै उत्साहित भएको जनाए । “होम अफ क्रिकेट भनेर चिनिने लर्डसमा फेरी एकपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने कुराले निकै नै खुशी बनाएको छ । लर्डसमा खेल्नु सधैं विशेष हुन्छ, यस खेलको पर्खाइ रहने छ,” र पुन एकचोटि खेल्न बोलाएको मा एमसिसि लाई धन्यवाद समेत दिएका छ्न ।

एकदिवसिय मान्यता पाएँ सगै अब के गर्ने कसरी जाने भन्ने बिषय नेपाल मा चर्चा चलिरह्दा यो लर्डस भ्रमण नेपाली क्रीकेट का लागि आफै मा सुखद हुने बिश्वास समेत गरिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *