onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यस्तो बन्यो ईपिएल को ट्रफी : प्रतियोगिता सनिवार बाट सुरु हुने

मङ्सिर २० , अनलाईन खेलखबर || यहि आउदो मङ्सिर २२ देखि पुस ७ गते सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुन गईरहेको चर्चित घरेलु लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को आज ट्रफी सार्बजनिक गरिएको छ ।

फोटो सौजन्य : नेप्लेज

आयोजक ईपिएल प्राली ले आज बिहिवार होटेल द्वारिका मा सहभागिता जनाउने ६ टिमका कप्तान को उपस्थिति मा ट्रफी लाई सार्बजनिक गरेको हो ।

टर्फी सार्बजनिक कार्यक्रम मा टिम कप्तानहरु ले पत्रकार हरु सगँ छोटो धारणा समेत राखेका थिए ।

घरेलु प्रतियोगिता मा सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) नजिक आईपुग्दा पनि आयोजक ले पुरस्कार राशि को भने घोषणा गरेको छैन ,अघिल्लो को यथावत राख्छ कि थप गर्नेछ त्यो हेर्न बाकी छ ।

तर प्रतियोगिता को तयारी भने निकै राम्रो भएको देखिएको छ ।

एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा विभिन्न ६ टिम को सहभागिता रहने छ । जसमा बिराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ रहेका छन् ।

अघिल्लो संस्करण को ट्रफी

प्रतियोगिता को पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोली मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरण कप्तानी रहेको पन्चकन्या तेजले जितेका थियो । भने दोश्रो संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको बिराटनगर वारियर्सले उपाधी उचालेको थियो 

प्रतिक्रिया दिनुहोस्