onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल खेल्न नेपाल आईपुगे आयरल्यान्ड का कप्तान केभिन ओ ब्रायन

मङ्सिर १९ , अनलाईन खेलखवर || यहि आउदो सनिवार बाट किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा हुन गईरहेको नेपाल को चर्चित घरेलु क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) खेल्न आज बुधवार टेस्ट मान्यता प्राप्त आयरल्यान्ड का कप्तान केभिन ओ ब्रायन काठमाडौं आईपुगेका छन् ।

फोटो मा केभिन का साथ मा नेपाली स्टार फुटबलर किरण

उनी ईपिएल मा काठमाडौ किग्स ईलाभेन बाट खेल्नेछ्न । अलराउन्डर केभिन जारी ईपिएल मा बिदेशी खेलाडी मध्य मा सबैभन्दा ठूलो नाम हो ।

उनको क्रीकेटिङ करियर मा उनी अहिले धेरै राम्रो लय मा पनि देखिएका छ्न । पाकिस्तान सगँ को पहिलो टेस्ट मा उनले सतकिय पारी खेलेका थिए । यस्तै एकदिवसिय र टि -ट्वान्टी मा पनि उनको प्रदशन राम्रो रहेको छ ।

सोमपाल कामी मार्की खेलाडी रहेको काठमाडौ मा केभिन सहित अर्का नेपाली घरेलु क्रीकेट मा चर्चित अनुहार युएई का रोहन मुस्तफा पनि रहेका छ्न । स्वदेशी खेलाडी शीत यी बिदेशी खेलाडी को खेल हेर्न लायक हुनेछ ।

काठमाडौ ले मङ्सिर २४ गते सोमबार चितवन् टाईगर्स विरुद्ध पहिले खेल खेल्दै प्रतियोगिता को सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्