onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दाङ – कपिलवस्तु महिला मैत्रीपुर्ण क्रीकेट सिरिज हुँदै : खेलाडीहरु उत्साहित

मङ्सिर १९ , अनलाईन खेलखबर || दाङ क्रीकेट संघको आयोजना मा यहि आउदो मङ्सिर २१ र २२ गते दाङ स्थित गुलरिया क्रीकेट मैदान मा दाङ – कपिलवस्तु महिला मैत्रीपुर्ण क्रीकेट सिरिज हुने भएको छ ।

आसन्न आठौ र्राष्ट्रिय खेलकुद प्रतियोगिता को तयारी को स्वरुप अन्तर्गत यो मैत्रीपुर्ण क्रीकेट सिरिज हुन लागेको छ । दाङ आफै मा महिला क्रीकेट को राम्रो सम्भावना बोकेको जिल्ला मध्यको एक हो , पछिल्लो क्षेत्रीय महिला प्रतियोगिता मा २ पटक पहिलो स्थान हासील गरिसकेको अबस्था छ । यस्तै बिद्यालयस्तरिय र्राष्ट्रिय प्रतियोगिता मा पनि दोस्रो स्थान हासिल गरिसकेको छ ।

महिला क्रीकेट मा धेरै सम्भावना बोकेको जिल्ला भएको हुँदा कपिलबस्तु को निर्भाना क्रीकेट एकेडेमी सगँ हुने मैत्रीपुर्ण खेल का लागि दाङ क्रीकेट सघं ले अघिल्लो सनिवार नै सर्मिला रोका मगर को कप्तानी मा १९ सदस्यीय महिला टोली को घोषणा गरेको थियो ।

यस्तै टिम मा शारदा भुषाल, सरस्वती जीएम, युवा शर्मा, नगिता पुन, लक्ष्मी चौधरी, अनिता चौधरी, मञ्जु चौधरी, मधु डिसी, समिक्षा भण्डारी, बविता विसी, कमला जीएम, ओमकुमारी बिक, रविना चौधरी, सफिला खातुन, प्रभा चौधरी, साजना थारु कुमाल, सुजाता पोख्रेल र विपना घिमिरे रहेकि छिन ।

दाङ मा रहेका प्रतिभावान नयाँ र पुराना लाई मिलाएर आन्तरिक तयारीको आधारमा छ्नोट गरि दाङ महिला क्रीकेट टोलि तयार गरिएको दाङ क्रीकेट संघ का अध्यक्ष प्रदिप मजगैया ले अनलाईन खेलखबर लाई बताउनु भयो ।

उनका अनुसार आर्थिक अभाव का बिच पनि खेलाडी हरु को राम्रो तयारी , उनिहरुलाई हौसला प्रदान गर्न पनि यो सिरिज गर्न लागिएको बताए ।

२ दिने मैत्रीपुर्ण सिरिज का लागि ५० हजार जति अनुमानित खर्च लाग्ने बताईएको छ । दाङ को लमही क्रीकेट मैदान मा हुन गईरहेको आठौ र्राष्ट्रिय खेलकुद को महिला क्रीकेट प्रतियोगिता का लागि तयारी गरिरहेको महिला क्रीकेटर हरु आफै मा उत्साहित छ्न र राम्रो गर्ने मा बिश्वस्त पनि देखिएका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *