उत्कृष्ट माथि रहदै अहिले सर्बाेउत्कृष्ट बन्दै एभरेष्ट प्रिमियर लिग ( ईपिएल )
शलमान शाह ( अनलाईन खेलखबर ) || नेपाल को चर्चित घरेलु क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग यहि आउदो मङ्सिर २२ गते देखि पुस ७ गते सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान , किर्तिपुर मा हुदैँछ ।
प्रतियोगिता नजिकिदै गर्दा अहिले आयोजक प्रतियोगिता लाई अझ सब्य र भब्य बनाउन लागि परेको छ । तेस्रो संस्करण सम्म आईपुग्दा आयोजक को भनाई सापटि लिने हो भने उत्कृष्ट माथि अहिले सर्बाेउत्कृष्ट हुने सङ्केत मिलेको छ ।
यसअघि का दुई सस्करण बाट धेरै उत्साहित र सफल बनेको ईपिएल , अहिले निकै नै लोकप्रिय बनेको छ । घरेलु क्रीकेट मा पहिलो पटक टिकट किनेर खेल हेर्न जानू र धेरै सङ्ख्या मा समर्थक तथा दर्शक को आगमन ले त्यसको पुष्ठि गरिसकेको छ ।
अघिल्लो संस्करण मा खेल हेर्न खेल मैदान मा आएको सङ्ख्या त्यो आफै मा लोभलाग्दो थियो , प्ले अफ का खेल र विशेष गरि फाईनल खेल मा दर्शक को ठूलो उपस्थिति थियो , जुन ईतिहासिक किर्तिमानि समेत बनेको थियो ।
कुनै घरेलु क्रीकेट प्रतियोगिता मा यति साथ ईपिएल ले नै पहिलो पटक पाएको हो , र यसको निरन्तरता दिन अहिले आयोजक हरदम लागिपरेको छ ।
प्रतियोगिता कति सफल भयो , त्यसको एक मात्र मापन भनेको , खेल मैदान मा दर्शक को उपस्थिति , टेलिभिजन तथा अनलाईन अबलोकन र चर्चा परिचर्चा ले नै निर्धारण गर्ने हुँदा ईपिएल अरु भन्दा धेरै माथी रहेको छ । यस मा कुनै दुईमत छैन ।
ईपिएल झन पछि झन अझै सफल हुने सुरुवाती सङ्केत मिल्न थालिसकेको छ , स्वदेश तथा बिदेश मा राम्रो चर्चा अहिले ईपिएल को भईरहेको छ ।
यसपटक आयोजक ले खेल सगैँ यस मा जोडिने मनोरञ्जनात्मक कुरा मा पनि विशेष ध्यान गएको प्रस्टै देखिन्छ , चाहे त्यो बिदेशी ब्याबसाहिक चीयरलीडर्स, होस या बिदेशी टेलिभिजन कमेन्टेटर हरु हुन , खास भनेको बिदेशी उत्कृष्ट अनुभवी खेलाडी हरु यस
पटक पनि ईपिएल खेल्दैछन । जसमा टेस्ट रास्ट का खेलाडी देखि , एसोसियट का चर्चित ठुला अनुहार यस संस्करण को ईपिएल मा देख्न सकिनेछ ।
जसले अहिले सबैतिर चर्चा , र खेल हेर्ने दशक का लागि रौनकता थपेको छ । नेपाली खेलाडी शीत बिदेशी तडक्का पक्कै पनि हेर्न लायक हुनेछ ।
कुनै पनि प्रतियोगिता त्यो दर्शक कै लागि भनेर गरिएको हुन्छ दर्शक लाई आकर्षित गर्न आयोजक लागिपरेका हुन्छ्न , धेरै भन्दा धेरै दर्शक हरु आएर खेल हेरुन , भन्न का लागि आयोजक हरेक कोण बाट त्यसमा लागिपरेको हुन्छ । दर्शक बिना जति तामझाम गरेपनी त्यो फिक्का नै हुन्छ , यस्ता बिश्व मा धेरै उदाहरण छ्न । तर यो कुरा मा नेपाल धेरै भाग्यमानी नै छ नेपाली मा खेल र अझ क्रीकेट प्रती धेरै माया र लगाभ छ ।
विशेष गरि पछिल्लो समय क्रीकेट को सफलता सगैँ यसको लोकप्रियता को शिखर अझ माथी छ । अन्तर्राष्ट्रिय स्तर मा नेपाल को सफलता ले घरेलु क्रीकेट लाई बिकाश गर्न उत्पेरीत गरेको छ ।
यसै बिच मा घरेलु क्रीकेट को बिकास मा टेवा पुग्ने हेतु सहित नेपाल मा पनि एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को जन्म भएको हो । बिश्व नजर लाई हेर्न हो भने नेपाल धेरै पछि सुरुवात गरेपनि नेपाल मा अहिले विभिन्न प्रिमियर लिग भईरहेका छ्न , जुन आफै मा सकारात्मक पक्ष हो ।
तर हाल सम्म विभिन्न दृष्टिकोण बाट नियाल्दा पनि ईपिएल नै सबैभन्दा अगाडि छ । यसका धेरै कुरा हरु सबल छ्न । आयोजक को कुशल ब्यबथापन ले लिग को उचाई प्रतिदिन बढ्दो क्रम मा छ ।
एउटा् लिग सफल हुनु भनेको नेपाली सफल हुनु हो , खेलाडी सफल हुनु हो ,ब्यबस्थापन सफल हुनु हो र यस सगँ जोडिएका सबै सफल हुनु हो । यस अर्थ मा सफल गराउनु सबैको दाहित्य हो , खेलेरै आफ्नो जिबिकोपार्जन यी यस्ता लिग बाटै हुने हो , यहाँ बाट मिल्ने आर्थिक सगैँ माया र हौसला ले खेलाडी को बिकाश मा ठूलो भुमिका निर्बाह गरेको हुन्छ । त्यो हामि सवै लाई जानकारी भएको कुरा हो ।
यी यस्ता कुरा मा ईपिएल प्रस्टै देखिएको छ , घरेलु क्रीकेट मा धेरै समस्या हुँदा हुँदै यो स्तर मा यो लिग पुर्याउनु आफै मा सर्हानिय काम हो । लिग बने खेलाडी बन्ने हो । खेलाडी बने देश बन्ने हो , देश बने दशक बन्ने हो । होईन र …
यसपटक विशेष गरि दर्शक का लागि विभिन्न आकर्षक कुरा छ्न । प्रतियोगिता भरी खेल सगैँ मनोरंजन ले भरिपुर्ण रहनेछ । यसका लागि केही तयारि भईसकेका पनि छ्न , केही हुदैछ्न । उत्कृष्ट डिजे म्युजिक , विभिन्न कलाकार का बेजोड प्रस्तुति यसपटक पनि रहने छ ।
साथमा दर्शक हरु को स्वास्थ्य लाई मध्यनजर गर्दै स्वस्थकर विभिन्न परिकार का फुड स्टल पनि रहने छ जहाँ स्वादिष्ट ताजा र सफा खानेकुरा खादै खेल हेर्न सकिने ब्यबस्था यसपटक पनि मिलाईएको छ ।
यस्तै खेल का दौरान ब्याट्सम्यान बाट आएको बाउन्ड्री बल लाई एक हात ले कुनै दर्शक ले क्याच गर्न सके नगद ५० ह्जार तकाल्दै समाउने दर्शक लाई दिईने छ । यो आफै मा नेपाल को सन्दभ मा नौलो प्रयोग हो ।
यस्तै हरेक खेल मा खेल हेर्न आउने दर्शक अर्थात फ्यान हरु का लागि विभिन्न प्याकेज समेत रहेको छ ।
यता अर्को महत्त्वपूर्ण कुरा टिकट का लागि अनलाईन डिजि पे लाई जिम्मा दिइएको छ । जसबाट डिजि पे को मोबाईल एप्स मार्फत घर बसि बसि आफू ले हेर्न चाहेको दिनको टिकट खरिद गर्न सक्नेछ्न , यदि मैदान मै गएर टिकट लिन्छु भन्ने सोच मा हुने का लागि मैदान को गेट नीर टिकट खरिद गर्न सकिने ब्यबस्था मिलाईएको छ ।
यस्तै खेल मैदान मै गएर हेर्न नपाउने , स्वदेश तथा बिदेश मा रहेका दर्शक लाई एपिवान टेलिभिजन ले प्रत्यक्ष प्रशारण गर्नेछ , यस्तै संसार भर नेपालफ्लिक्स को मोबाईल एप्स बाट संसार भर हेर्ने ब्यबस्था मिलाईको छ । जहाँ खेल का हरेक हाईलाईट , बिवरण समेत रहने छ । यस्तै एपिवान टेलिभिजन ले पनि आफ्नो गृहकार्य अगाडि बढाईसकेको छ , हरेक खेलको उच्च स्तर मा प्रत्यक्ष प्रशारण गर्न , यस अर्थ मा लिग उत्कृष्ट माथी रहदै अहिले सर्बाेउत्कृष्ट बन्दैछ ।