सन्दिप स्वदेश फिर्ता : फेरि अस्टेलिया जाने

सन्दिप स्वदेश फिर्ता : फेरि अस्टेलिया जाने

मङ्सिर १६ , अनलाईन खेलखबर || युएई मा भएको टि -१० लिग खेली सन्दिप लामिछाने सनिवार साझ स्वदेश फर्किएका छ्न ।

फोटो सौजन्य : अनिस बानिया

टि -१० लिग मा उनि आबद्ध जुन डिफेन्डिङ च्याम्पियन समेत रहको केरला लिग चरण बाटै बाहिरिएपछी सन्दिप सनिवार नै नेपाल फर्किएका हुन ।

अब यहाँ उनले आगामी मङ्सिर २२ गते देखि पुस ७ गते सम्म चल्ने नेपाल को चर्चित एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) का सुरुवाती दुई खेल खेल्नेछ्न ।

ललितपुर प्याट्रियट्स बाट ईपिएल खेल्ने उनले डिसेम्बर ८ तारिख मा बिराटनगर वारियर्स र ९ तारिख मा चितवन टाईगर्स विरुद्ध खेल्नेछ्न । यसपछि उनी बिग बाँस खेल्न अस्टेलिया प्रस्थान गर्नेछ्न । बिग बास आउदो डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म चल्नेछ ।

क्रमश एकपछि अर्को बिश्वस्तर का क्रीकेट लिग मा सन्दिप अनुबन्धित भएपछी सन्दिप को ब्यस्तता स्वाभाविक रुपमा बढेको छ । समय को अभाव मा सन्दिप ले ईपिएल मा २ खेल मात्र खेल्नेछ्न र बाकि खेल गुमाउने छ्न ।

ईपिएल को दौरान बिश्वको चर्चित अष्ट्रेलिया को उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ खेल्ने छ्न । सन्दीपले मेलबर्न स्टार्स बाट बिग बास’ खेल्ने छ्न ।

सन्दिप युएई मा जारी टि -१० लिग डिफेन्डिङ च्याम्पियन केरला बाट खेलेका थिए उनलाई केरला ले ३० हजार अमेरिकन डलर मा अनुबन्धित गरेको थियो ।

कुल ६ खेल खेलेको केरला ले २ मा जित , १ बराबरी र ३ मा हार ब्यहोर्दै प्ले अफ मा स्थान बनाउन सकेको थिएन ।

यस्तै सन्दिप को प्रदशन पनि मिश्रित रहयो । लिग मा सुरुवात राम्रो गरेको भएपनि अत्य तिर उनी धेरै महगाँ साबित हुन पुगेका थिए । उनले ६ खेल बाट ६ बिकेट लिन भने सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *