कर्पोरेट सुपर सिक्स प्रतियोगिता को उपाधी  सेन्चुरी बैंक लाई

कर्पोरेट सुपर सिक्स प्रतियोगिता को उपाधी सेन्चुरी बैंक लाई

मङ्सिर १५ , अनलाईन खेलखबर ||एसएस इभेन्ट्सको आयोजना मा त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा सम्पन्न पाँचौ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता को उपाधी सेन्चुरी बैंक ले उचालेको छ ।

फोटो सौजन्य : एक्सन स्पोर्ट्स

आज भएको फाईनल खेल मा एनआईसी एसिया बैंक लाई ७ बिकेट ले पराजित गर्दै सेन्चुरी बैंक प्रतियोगिता को च्याम्पियन बनेको हो ।

त्रिवि क्रीकेट मैदान मा आज ट्स जितेर एनआईसी एसिया ले पहिले ब्याटिङ गर्दै ७६ रनको योगफल खडा गरेको थियो । जसमा सन्दिप कार्की ले ३१ रनको पारी खेले भने समीर ले १४ रनको पारी खेले ।

यसपछि ७७ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको सेन्चुरी बैक ले उक्त बिजयी लक्ष्य एक बल बाकि रह्दा ३ बिकेट गुमाएर भेटायो ।

सेन्चुरी लाई च्याम्पियन बनाउन सुबास सर्माले २१ , बिजय गौतम ले १२ , दिवस डङ्गोल ले ७ रन र बिष्णु तिवारी ले अबिजित २० रन को योगदान गरेका थिए ।

फाईनल खेलको म्यान अफ दि म्याच सेन्चुरी बैक का बिष्णु तिवारी घोषित भए

प्रतियोगिता को उत्कृष्ट विकेट किपर सेन्चुरी बैक का सुवाश सर्मा घोषित भए , यस्तै उत्कृष्ट फिल्डर सनराईज बैक का सिर्जन सुवेदी , सर्बाधिक छ्क्का प्रहार गर्ने खेलाडी सेन्चुरी कै सुरज तिमल्सिना घोषित हुँदा प्रतियोगिता को उत्कृष्ट बलर एनआईसी एसिया का सुमित श्रेष्ठ घोषित भए उनले नगद १० हजार र चिरायु हेल्थ केयर प्याकेज प्राप्त गरे ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान सुबिसु का रोजन प्रधान घोषित भए , उनले पनि नगद १० हजार , चिरायु हेल्थ प्याकेज प्राप्त गरे ।

यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी सेन्चुरी बैक का सुरज तिमल्सिना भए , उनले नगद १० हजार , चियायु को तर्फ बाट हेल्थ प्याकेज र ३२ ईन्च को एलईडि टेलिभिजन प्राप्त गर्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *